
विश्वशान्ति सर्वसिद्धधाम पञ्चकोट बागलुङका अभियन्ता स्वामी कमलनयनाचार्य पक्राउ परेका भनेर भ्रमपूर्ण समाचार कतिपय सञ्चार माध्यममा आएको भन्दै सर्वसिद्धिधामले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट बागलुङको लेटरप्याडमा प्रकाशित विज्ञप्तीमा यस्तो ध्यानाकर्षण गराईएको हो ।
मंसिर ७ गते बिहीबार झापामा स्थानीय कथावाचक कमलनयन घिमिरे पक्राउ परेका र त्यो समयमा स्वामी कमलनयनाचार्य काठमाण्डौमा रहेकाले उनी प्रहरीले उनलाई पक्रेको भन्ने समाचार तथ्यहिन भएको विज्ञप्तीमा उल्लेख छ ।