
गलकोट नगरपालिका १० पाण्डवखानी मावि केन्द्र क मा ६२१ मत खसेको केन्द्रका अतिकृत लोक नाथ आर्चायलले जानकारी दिए । त्यस्तै केन्द्र ख मा ५९५ मत खसेको अतिकृत डिल्लीराम शर्माले जानकारी दिए । जम्मा १२१६ मतदाताले मात्र मतदान गरेको बताईएको छ । केन्द्र क मा पहिलो मतदान प्रधिनिति सभा सदस्य उम्मेद्वार नर बहादुर पुन नरजले मतदान गरेका थिए । उक्त केन्द्रमा पाण्डवखानीको सबै भन्दा जेष्ठ नागरिक ९६ वर्षिय चन्द्र वीर श्रीसले पनि मतदान गरेका छन ।
पाण्डवखानीमा शान्तिपूर्ण वातावरण मा मतदान भएको थियो भने सुरक्षा व्यवस्थापन कडा पारिएको थियो । पाण्डवखानीमा जम्मा १७ सय ९ मतदाता रहेको छ । तर स्थानीय चुनावको भन्दा अहिले मतदाता वदेका थिए । कुलान फुजा गर्ने र भोट हाल्ने गरि देश तथा विदेश र अन्य स्थानबाट मतदाता आएर मतदान गरेका थिए ।