२५ असार २०८२, बुधबार

 

म्याग्दीको प्रदेशसभा क्षेत्र (क)मा युवा नेता केसी बिजयी

म्याग्दीको प्रदेशसभा क्षेत्र (क)मा नेकपा माओवादी केन्द्रका बिनोद केसी निर्वाचित हुनुभएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनबाट उमेद्वार बन्नुभएका केसीले काँग्रेस राप्रपा गठबन्धनका भिमप्रसाद गौचनलाई दुई हजार ५२६ मत अन्तरले पराजित गर्नुभएको हो । केसीले १४ हजार ७०४ र उहाँका प्रतिस्पर्धी राप्रपाका गौचनले १२ हजार १७५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पञ्चायतकालमा दुई पटक राज्यमन्त्री, जिल्ला पञ्चायत सभापती समेत भैसकेका ७७ वर्षिय गौचनलाई पराजित गर्दै केसी प्रदेश नम्बर ४ मा सम्भवत कम उमेरको सांसद बन्नुभएको छ । बेनी नगरपालीका, रघुगंगा गाउँपालीका र अन्नपूर्ण गाउँपालीका समावेश भएको प्रदेशसभा क्षेत्र कमा ४२ हजार ९३३ मतदाता रहेकोमा २७ हजार ६७५ मत खसेको थियो ।
म्याग्दीको प्रदेशसभा क्षेत्र खमा एमालेकी नरदेवी पुनले दश जार ८६८ मत प्राप्त गरी बिजयी हुनुभएको छ । प्रतिनिधिसभाको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभामा पनी एमालेका भुपेन्द्रबहादुर थापाको अग्रता कायम छ । प्रदेशसभा सदस्यमा निर्वाचित केसी सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाजु मदनको दन्द्धकालमा तत्कालीन शाही सेनाले हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung