
म्याग्दीमा प्रदेश तथा प्रतिनिधि सभाको मतगणना सम्पन्न भएको छ । प्रदेशसभा क्षेत्र (क)मा नेकपा माओवादी केन्द्रका बिनोद केसी निर्वाचित भएका छन । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उमेद्वार बनेका केसीले काँग्रेस राप्रपा गठबन्धनका भिमप्रसाद गौचनलाई दुई हजार ५२६ मत अन्तरले पराजित गरेका हुन । केसीले १४ हजार ७०४ र उनका प्रतिस्पर्धी राप्रपाका गौचनले १२ हजार १७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका समावेश भएको प्रदेशसभा क्षेत्र कमा ४२ हजार ९३३ मतदाता रहेकोमा २७ हजार ६७५ मत खसेको थियो । म्याग्दीको प्रदेशसभा क्षेत्र ख मा एमालेकी नरदेवी पुनले दश जार ८६८ मत प्राप्त गरी विजयी भएको हुन ।
त्यस्तै क्षेत्र ख मा एमालेकी नरदेवी पुन विजयी भएकि छिन । वाम गठबन्धनबाट उमेद्वार बनेकि पुनले २ हजार ८ सय ७१ मत अन्तरले काँग्रेसका अमलाल फगामीलाई पराजित गरेकि हुन । पुनले १० हजार ८ सय ७१ र काँग्रेसका फगामीले सात हजार ९९० मत प्राप्त गरेका थिए ।
त्यसैगरी प्रतिनिधि सभाका वाम उम्मेद्वार भुपेन्द्र थापाले लोकतान्त्रीक गठबन्धनका खम्बिर गर्बुजालाई मत अन्तरले २ हजार ३ सय २८ मतले पछि पार्दै विजयी भएका छन । थापाले २३ हजार ३ सय ८ मत लिएका छन भने गर्बुजाले २० हजार ९ सय ८० लिएका थिए ।