२५ असार २०८२, बुधबार

 

म्याग्दीको रघुगंगा गाउँपालिका साक्षर घोषणा

                                                                                                                           फोटो फाईल

म्याग्दीको रघुगंगा गाउँपालिकालाई बुधबार साक्षर घोषणा गरिएको छ । रघुगंगा ५ झिँ, ६ पाखापानी र ७ चिमखोलासंगै समग्र गाउँपालिकालाई नै साक्षर घोषणा गरिएको हो । ८ वटा वडा रहेको रघुगंगाका ५ वटा वडालाई यस अघिनै साक्षर घोषणा गरिएको थियो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी जनसंख्याले अंक अक्षर लेखपढ गर्न सक्ने भएको आधारमा साक्षर घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले जानकारी दिए ।

५ नम्बर झिँका ९५.१०, पाखापानीका ९५.५९ र चिमखोलाका ९५.५५ प्रतिशत लक्षित समुदाय साक्षर बनेको शिक्षा कार्यालयको तथ्याङ्कको आधारमा घोषणा गरिएको हो । म्याग्दीका छ वटा स्थानीय तह मध्य बेनी नगरपालिका, रघुगंगा, अन्नपूर्ण र मालीका गाउँपालिका सहित ४१ वटा वडालाई साक्षर घोषणा गरिएको छ । थप ४ वटा वडा र २ गाउँपालिकालाई साक्षर घोषणा गर्न बाँकी छ । म्याग्दीमा ४५ वटा वडा छन् ।

मंगला गाउँपालिकाका २ वटा वडालाई मंसिर २९ र धौलागिरीको २ वटा वडालाई पुष १४ गते तथा माघ ८ गते म्याग्दीलाईनै साक्षर जिल्ला घोषणा गर्ने तयारी भएको जिशिअ श्रेष्ठले बताए । साक्षर घोषणासंगै पहिले लेखपढ गर्न जानेकाको सिकाईलाई निरन्तरता र क्षमत्ता अघिवृद्धिका लागि सिकाई केन्द्र सञ्चालन गरिने शिक्षा कार्यालयले जनाएको छ । पाखापानी स्थित अमर मावि परिसरमा आयोजित घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले साक्षर जिल्ला घोषणासंगै म्याग्दीको सामाजिक प्रतिष्ठामा बढोत्तरी हुने बताउँदै घोषणालाई व्यवहारीक रुपमा कार्यान्वयन गर्न जोड दिए ।

गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारीको अध्यक्षता र अमर मावि पाखापानीका प्रअ युबहादुर गर्बुजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय अधिकारी यामप्रसाद सुवेदी, प्रमुख प्रशासकीय अधिकृत नारायण चापागाई, वडा अध्यक्ष लगायत जनप्रतिनिधि, विभिन्न राजनितिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung