२९ असार २०८२, आईतवार

 

नवनिर्वाचित सांसदहरु घर दैलो तथा मतदाता भेटघाट अभियानमा

निर्वाचन जितेपछि बागलुङका नवनिर्वाचित सांसदहरु मतदातालाई भेटन गाउ“ छिरेका छन् । मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेसभा सदस्य निर्वाचनबाट विजयी भएका बाम गठबन्धनका सांसदहरु मतदाताहरुलाई धन्यवाद दिन फेरी गाउ“ छिरेका हुन ।

निर्वाचनको समयमा भोट माग्न मात्र गाउ“ पस्ने र चुनावी सभा, घर दैलो तथा मतदाता भेटघाट गर्ने नेताहरु विजयी भएपछि पुन घर दैलोमा निस्केको देख्दा मतदाताहरुले खुशी व्यक्त गरेका छन् । बागलुङ जिल्लामा प्रतिनिधि सभामा २ र प्रदेससभामा ४ जना सांसदहरु निर्वाचित भएका छन् । प्रतिनिधिसभा १ मा डा. सुर्य पाठक, २ मा देवेन्द्र पौडेल तथा क्षेत्र नम्बर १ प्रदेस सभा (१) मा इन्द्रलाल सापकोटा, प्रदेस सभा (२) मा कृष्ण थापा तथा क्षेत्र नम्बर २ प्रदेस सभा (१) मा सांसद चन्द्र बुढा मगर र (२) मा टेक वहादुर घर्ती निर्वाचित भएका हुन । उनिहरुले आम मतदाताहरुलाई आफुहरुलाई मतदान गरि विजयी गराएको भन्दैं धन्यवाद दिन पुनः घर दैलो अभियानमा हिडेको बताएका छन् ।

प्रतिनिधि र प्रदेशसभा चुनावमा जित हाँसील गरेका नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले बानपा ५ र ६ का मतदातालाई धन्यवाद दिएका छन् । सो अवसरमा वोल्दै बागलुङ क्षेत्र नम्बर १ प्रदेस सभा (क) वाट निर्वाचित प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले जनताले आफुलाई दिएको अभितको कदर गर्ने वताए । सापकोटाले समाजका आधारभूत आवश्यकता साथै धार्मिक पर्यटक विकासको क्षेत्रलाई मुख्य एजेण्डा बनाउने वताए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुमार बिक्रम क्षेत्री, गैरसरकारी सस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा बानपा ५का वडा अध्यक्ष शिवप्रसाद सापकोटा र बानपा ६का वडा अध्यक्ष खेमराज सापकोटा लगाएतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung