म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिसीन चौतारीमा रहेको धौलागिरी आधारभुत विद्यालयलाई लायन्स कल्व अफ बेनी सिटीले सहयोग गरेको छ । कल्वका पदाधिकारीहरुको टोलीले शुक्रबार विद्यालयमा पुगेर आर्थिक, भौतिक र शैक्षिक सामाग्री सहयोग गरेका हुन् ।
विद्यालयको पूर्वाधार निर्माणका लागि नगद ३० हजार र १३ हजार रुपैया मूल्य बराबरको एक हजार लिटर क्षमत्ताको पानी टंकी उपलब्ध गराइएको कल्वका सुबिन श्रेष्ठले जानकारी दिए ।
यसैगरी विद्यालयमा अध्ययनरत ५२ जना विद्यार्थीहरुलाई आठ हजार रुपैया मूल्य बराबरको कापी, कलम लगायत शैक्षिक सामाग्री पनि वितरण गरिएको थियो ।






























































































































































































