१९ असार २०८२, बिहीबार

 

वामपन्थी सरकारले ज्येष्ठ नागरिकको भत्ता बढाउँछ–पौडेल

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा प्रतिनिधि सभा बागलुङ क्षेत्र नं २ का नव निर्वाचित सांसद देबेन्द्र पौडेलले जनताले दिएको मतादेश राजनैतिक स्थायित्व लागि भएको बताएका छन । विगतमा सरकार फेरिएको फेरिए, मन्त्री फेरिएको फेरिए गर्ने गलत परम्पराका कारण सरकारको स्थिरता नहुँदा मुलुकले विकासमको गति लिन नकसेको बताए ।

बुधबार बागलुङको गलकोट नगरपालिका ११ रिघा र वडा नं ८ काँडेबासमा आयोजित विजयी सभा तथा बधाई कार्यक्रममा बोल्दै पौडेलले नेपालमा धेरै राजनैतिक पार्टी भएकै कारण थोरै पार्टी निर्माण गरि देशको विकास र समृद्विको निमित्त वाम गठबन्धन निर्माणसँगै पार्टी एकता हुने बताए । उनले अब बन्ने वामपन्थीहरुको सरकारले ज्येष्ठ नागरिकहरुको सम्मान गर्दै वृद्धा भत्ता मासिक रु ५ हजार बनाउन क्याबिनेटको पहिलो बैठकमा पहल हुने समेत बताए ।

सांसद पौडेलले वर्तमान सरकारले यो या त्यो बाहानामा बखेडा नझिकि जनमतको कदर गर्दै नयाँ सरकार गठनको लागि मार्ग प्रसस्त गर्न समेत अपिल गरे । जनता सामु चुनावको बेला गरेका प्रतिबद्धताहरु प्रकृयागत रुपमा क्रमश अगाडि बढाउदै विकास र समृद्विमा लाग्ने समेत जोड दिएका छन । त्यस्तै बागलुङ क्षेत्र नं २ प्रदेश (क) बाट नव निर्वाचिन सांसद चन्द्र बुढा सागरले देशमा सिमित श्रोत साधन असिमित ईच्छा आकांक्षा र आवश्यकताहरु रहेको भन्दै क्रमश अगाडि बढाउने बताएका छन ।

आफु यस क्षेत्रका जनताको भावना र आवश्यकताहरुलाई नजिकबाट नियालेको भन्दै विकास र समृद्धिमा स्थानिय स्तरबाटै हातेमालो गर्ने बताए । मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भई वाम गठबन्धनबाट विजयी बनेका पौडेल र बुढाले मतदातालाई धन्यवाद दिन र भेटघाटको निमित्त त्यहाँ पुगेका थिए ।

विजयी सभा तथा बधाई कार्यक्रममा वाम गठबन्धनका स्थानीय नेता कार्यकर्ता, शुभेच्छुक र स्थानीयको उपस्थिति रहेको थियो । विजयी सभा तथा बधाई कार्यक्रम शुभारम्भ हुनु पुर्व बाजागाजा, नारा जुलुश सहितको ¥यालीले काँडेबास बजार र रिघाका विभिन्न स्थानको परिक्रमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung