
बडिगाड गाउँपालिका–७ भिमगीठेमा सामुदायिक भवन निर्माणका लागि स्थानीय समाजसेवी व्याक्तिहरुद्धारा १० लाख रुपैया मुल्य बराबरको जग्गा निशुल्क उपलब्ध गराईएको छ । शनिबार भएको एक कार्यक्रमका अवसरमा बडिगाड गाउँपालिका द्धारा सामुदायिक भवन निर्माणका निम्ती छुट्याईएको १२ लाख बजेटमा, भवन निर्माणका निम्ती आवश्यक जग्गा अभाव भईरहेको अवश्थामा स्थानीय हरिकला कुवँरका दुई भाई छोराहरु टिकाराम कुवँर र जोगलाल कुवँरले भवन निर्माणका लागि जग्गा उपलब्ध गराएका छन ।
त्यस्तै तत्काल भवन निर्माणका निम्ती जग्गादाता टिकाराम कुवँरको संयोजगत्वमा ३ सदस्यीय सल्लाहकार समितीको गठन गरीएको छ । त्यस्तै भवन निर्माण समितिमा लालबहादुर कुवँरको संयोजगत्वमा ९ सदस्यीय उपभोक्ता समितिको गठन गरीएको हो ।
समितिको उपाध्यक्षमा धनबहादुर गुरुङ, सचिव ओमबहादुर खत्री, कोषाध्यक्ष गिरमाया गुरुङ लगाएत अन्य सदस्यहरु रहेका छन । उक्त समितिले अब लगत्तै भवन निर्माणको काम सुरु गर्ने बताईएको छ ।