२६ असार २०८२, बिहीबार

 

ढोरपाटन नगरपालिकाले दियो बाढी पीडितलाई राहत

ढोरपाटन नगरपालिका कार्यालयले वर्षातको समयमा पहिरोले पुरिएर ज्यान गुमाएका ढोरपाटन नगरपालिका–५ पाखापानीका ओमप्रसाद कामी र नवि खोला तर्ने क्रममा नदिमा बगेर ज्यान गुमाएकि ढोरपाटन नगरपालिका–९ कि बेलकुमारी विकको परिवारलाई आईतबार एक कार्यक्रमका बिच आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

ओमप्रसाद कामीको गत श्रावण २० गते घर नजिकै गोठमा सुतिरहेको अवस्थामा गोठमाथिदेखि आएको पहिरोले पुरेर ज्यान गएको थियो । मृतक ओमप्रसाकि श्रीमतीलाई नगरपालिकाले १ लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो । त्यस्तै बाग्लुङ सेवा समाज युएई दुबईद्धारा संकलन गरी पठाईएको नगद ८ हजार राहत रकम समेत आईत्बारनै हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी ढोरपाटनको नवि खोला तर्ने क्रममा ज्यान गुमाएकि बेलकुमारी विकको परिवारलाई समेत पचास हजार रुपैयाको चेक हस्तान्तरण गरिएको हो । मृतकको घरमै पुगेर राहत हस्तान्तरण गर्ने योजना रहेपनि कार्य व्यस्ताका कारण नगरपालिकामा बोलाएर आफुहरुले राहत हस्तान्तरण गरेको नगरपालिका प्रमुख देवकुमार नेपालीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung