बिहुँकोट समाज जापानले जनवरी १ तारिखको दिन समाजको दसौँ वार्षिक साधारण सभा तथा छटौँ अधिवेशन र अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान टोकियो मा सम्पन्न गरेको छ । एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका प्रवक्ता भुषण घिमिरेको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रम समाजका अध्यक्ष देविलाल सुवेदीको सभापतित्व, सचिव गोपाल शर्मा (अशोक) को संचालन र कान्साई क्षेत्रिय अध्यक्ष कृष्ण सुवेदीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
साथै उक्त समाजले देविलाल सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा ईन्द्रलाल सुवेदी, गोबिन्द कँडेल, घनश्याम कँडेल, गोपाल शर्मा (अशोक) त्यसैगरी सचिवमा शिव कँडेल, सह–सचिवमा अर्जुनप्रसाद कँडेल (घनश्याम), कोषाध्यक्षमा दिपक कँडेल, सह–कोषाध्यक्ष राजु कँडेल (तिलाराम), प्रवक्तामा फणिन्द्र शर्मा र सदस्यहरुमा विष्णु प्रसाद कँडेल, तुलसीराम कँडेल, भिम कँडेल, खिमानन्द कँडेल, ऋषिराम कँडेल (रामचन्द्र), रामु कँडेल, टिकाराम कँडेल (कासिराम), कृष्णप्रसाद कँडेल, हिमलाल कँडेल (नारायण), जितनारायण कडेँल (भोजराज), शशि कँडेल चयन भएका छन ।
सो कार्यक्रममा कोषाध्यक्ष दिपक कँडेलले आर्थिक प्रतिवेदन र सचिव गोपाल शर्माले समाजको प्रगति प्रतिवेदन प्रस्तुत गएका थिए । सभाले बिहुँकोट समाज जापान संसोधित विधान २०१८ पारित गरेको छ । सो कार्यक्रर्ममा प्रमुख अथिति एनआरएन प्रवक्ता भुषण घिमीरेले बोल्दै समाजको आर्थिक सामाजिक प्रगतिको कामना गर्दै बिहुँकोट समाज जापानका अन्य समाज को लागि पनि उदाहरणिय बनेको बताएका थिए ।
नवगठित कार्यसमितिलाई निर्वाचन कमिटि को सयोंजक तथा समाजका सरंक्षक दिपक सुवेदीले प्रमाण पत्र प्रदान गरी सपथ ग्रहण गराएका थिए । कार्यक्रममा भुगर्भ तथा खानी विज्ञान क्षेत्र मा जापान अध्ययनको सिलसिलामा अध्ययनमा रहेका नेपाल सरकार का उप–सचिव ठाकुर कडेँल, समाजका सह सरंक्षक डिपी कँडेल, समाजका उपाध्यक्ष गोबिन्द कँडेलले मन्तव्य राखेका थिए ।













































































































































































































