३२ असार २०८२, बुधबार

 

एप्पलले कमायो सर्वाधिक नाफा

अमेरिकी प्रविधि कम्पनी एप्पल विश्वकै सबै भन्दा बढी मुनाफा कमाउने स्मार्टफोन निर्माता भएको छ । सामसङ कम्पनीले ग्यालेक्सी नोट ७ को उत्पादन रोकेपछि एप्पललाई थप फाइदा भएको छ ।

विश्वभरिका स्मार्टफोन कम्पनीले कमाएको मुनाफा मध्ये एप्पलले मात्र ५९. ८ प्रतिशत नाफा कमाएको छ । सामसङको ग्यालेक्सी नोट सेभेनको ब्याट्रीमा समस्या देखा परेपछि उत्पादनै बन्द गर्नु परेको थियो जस्का कारण सामसङले धेरै घाटा व्यहोर्नु परेको थियो ।

एप्पलले तेस्रो त्रैमासिक अवधिमा विक्री भएको प्रत्येक स्मार्टफोनबाट १ सय ५१ डलर नाफा आर्जन गरेको छ भने सामसङले मात्र ३१ डलर मात्रै नाफा कमाएको छ । चिनियाँ बजारबाट एप्पल र सामसङले नाफा कमाउदै आए पनि चिनियाँ म्यानुफ्याक्चरले बजारमा लगातार आफ्नो उपस्थिति विस्तार गर्न सफल भएको सफल भएको छ ।

गत वर्षको जुलाईदेखि सेप्टेम्बरसम्म एप्पलले विश्वका सबै स्मार्टफोनले कमाएको सयुक्त नाफाको ८५.९ प्रतिशत कमाएको थियो । एप्पलको कुल सम्पत्ति छिट्टै खर्ब पुग्दैछ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung