३२ असार २०८२, बुधबार

 

पर्वतको सुन्तला नारायणघाटदेखि बुटवलसम्म

पर्वतमा यस वर्ष सुन्तला उत्पादनमा बढेको छ । जिल्लामा यस वर्ष ३ हजार मेट्रिकटन सुन्तला उत्पादन भएको हो । जिल्ला कृषि विकास र्काालयले दिएको जानकारी अनुसार गतबर्षको तुलनामा यस वर्ष ७ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ । पर्वतमा गत वर्ष २६ सय मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जिल्लाका विभिन्न स्थानमा लगाइएको सुन्ताला खेती मध्ये अहिले अहिले २० प्रतिशत सुन्तला टिप्न बाँकी रहेता पनि पछिल्लो संकलित विवरण अनुसार सुन्तला उत्पादनमा बृद्धि भएको हो ।

किसानहरुले मल, किटनाशक विषाधिको प्रयोग, बिरुवा राम्रोसँग काँटछाँट गरिएको बगैचा सुधार तथा यस वर्ष हावाहुरी असिना नपरेका कारण र सिँचाईको व्यवस्ता र जमिनको क्षेत्रफल पनि वृद्धि भएका कारण सुन्तला उत्पादनमा बढेको जिल्ला कृषि विकास कार्यालय पर्वतका बरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए । पछिल्लो समयमा जिल्ला कृषि विकास कार्यालयले किसानहरुलाई विरुवामा दिईएको सहुलीयत, विभिन्न औषाधि र मलहरुहरुमा दिईने गरेको अनुदानका कारण सुन्तला खेती गर्ने किसानहरुको संख्या बढेको छ ।

प्रधानामन्त्री कृषि आधुनिकीकरण परियोजना पर्वतको बाँसखर्कलाई व्लक तथा लेखफाँट शालिजा, दुर्लुङ, बाजुङ, देउपुर, बासखर्क, चित्रे, तिलाहार, भोक्सिङ, होश्राङदी, हुवास, त्रिवेणी, टकलक, पाङराङ, कुर्घा, लिमिठाना र ठानामौला लगायतका क्षेत्रहरुलाई सुन्तला उत्पादन पकेट क्षेत्र घोषण गरिएको छ । अन्य ठाउँहरुमा सुन्तला खेती गरिने भएपनि हावापानीको हिसावले राम्रो नरहेको जिल्ला कृषि विकास कार्याल पर्वतले जनाएको छ ।

पर्वतमा उत्पादन भएका सुन्तला स्थानीय बजारसंगै पोखरा, काठमाडौं, नारायणघाट, बुटवल लगायत अन्य बजारमा बिक्रिका लागि लगिने गरिन्छ । यहाँका सुन्तला कृषकले प्रतिकेजी ४५ देखी ६० रुपैयाँमा सुन्तला बच्दै आएका छन् । जिल्ला कृषि विकास कार्यालयले पनि कृषकले उत्पादन गरेको सुन्तलालाई प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत ढुवानीमा छुट दिने गरेको छ । पर्वतमा ७ सय हेक्टर जमिनमा सुन्तला खेती हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung