५ कार्तिक २०८३, बुधबार

 

न्यु एभरेष्ट एकेडेमीको १२ औँ वार्षिकोत्सव

न्यु एभरेष्ट एकेडेमी बागलुङको १२ औँ वार्षिकोत्सवको शनिबार बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले दिप प्रज्वलन गरि उद्धघाटन गरेका छन । उद्धघाटन कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै सो अवसरमा विद्यालयले नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका निम्ती २५ हजार १ सय ५५ रुपैया महासंघका अध्यक्ष दिल शिरिषलाई हस्तान्तरण गरेको छ । यसैबिच रमेश पराजुलिले अभिभावकलाई विद्यार्थीको मनोविज्ञान सम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा अभिभावकको बाबुराम सापकोटा, काठेखोला गाउँपालिका प्रमुख अमर थापा, सरिता केसी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष लगाएतले मन्तव्य राखेका थिए । उद्धघाटन कार्यक्रम कक्षा १० की छात्रा प्रमिला शिरिष, शिक्षक प्रवेश मुखियाको स्वागत मनतव्य र शिक्षिका सनम खत्रीको संचालनमा सम्पन्न भएको हो ।

आइतबार अन्तर माविस्तरीय नृत्य प्रतियोगिता हुने शिक्षिका खत्रीले बताईन । कार्यक्रम ८ गते सरस्वती पुजा लगाएत अन्य कार्यक्रमका साथ समापन गरिने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung