
बरेङ गाँउपालिका–१ बरेङमा बुधबारदेखि सुरु भएको डर्कमी पुनर ताजगी तालिम बिहीबार पनि जारी रहेको छ । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा बागलुङको आयोजना, बरेङ गाँउपालिकाको प्राविधिक सहयोगमा तालिम संचालन भएको हो । २०७२ बैशाख १२ गते गएको महाभुकम्प पश्चात बरेङ क्षेत्रमा नयाँ प्रकारको डकर्मी तालिम गर्ने अवसर दिलाएको घरेलु तथा साना उद्योग विकाश समिति मुख्य शाखा बागलुङले प्रशिक्षार्थीलाई आधुनिकिकरणको सिकाई गरी भुकम्प प्रतिरोधात्मक घरहरु बनाउन सिपको विकास हुने अपेक्षा गरिएको छ ।
आम नागरीकको सुरक्षाको लागि भुकम्प प्रतिरोधात्मक घर निर्माण आवश्यक रहेकोले तालिममा सिकाईएको शिप अनुसारका घर निर्माण गर्न र सिकेको सिपलाई व्यवहारमा ल्याउन जोड दिईएको छ । ३० जना प्रशिक्षार्थीको उपस्थिती रहेको तालिमको दोस्रो दिन प्रशिक्षार्थीलाई निर्माण सामग्रीको गुणस्तर, भुकम्पले पु¥याउने धनजनको क्षेती, सामग्रीको आधारभुत ज्ञान, भुकम्पिय जोखिमका न्युनिकरणका उपायका बारेमा ईन्जिनियर कृष्ण थापाले र विपद व्यावस्थापन सम्बन्धी ज्ञानका बारेमा सहायक ईन्जिनियर अणकलाल शर्माले सहजिकरण गरेका थिए ।
त्यस्तै बरेङमा पशु सेवा शाखा बरेङको आयोजनामा ३ दिने बाख्रापालन कृषक तालिम बिहीबारदेखि सुरु भएको छ । बरेङ गाउपालिका वडा नम्बर १ र २ वडाका २७ जना बाख्रापालक कृषकहरुलाई दिईएको छ । कार्यक्रम बरेङ गाउपालिका–१ का वडा अध्यक्ष नरसिंङ पुनको अध्यक्षता, सामुदायिक रेडियो बिहानीका स्टेशन कोअर्डिनेटर प्रकाश छन्त्यालको स्वागत मन्तव्य र पशुसेवा शाखा बरेङका प्रमुख नेत्रप्रसाद शर्माको सन्चालनमा सम्पन्न भएको थियो ।
तालिमको पहिलो दिन बाख्राका ऐतिहासिक पृष्ठभुमी, बाख्राका जात, महत्व र खोर व्यावस्थापनको बारेमा पशुसेवा शाखा बरेङका प्रमुख नेत्रप्रसाद शर्माले सहजीकरण गरेका थिए ।