४ कार्तिक २०८३, मंगलवार

 

स्याउ बगैचा व्यवस्थापन सम्बन्धि तालिम

आईतबारदेखि ढोरपाटन नगरपालिका–६ मा कृषकहरुलाई लक्षित गरी कृषि तालिम तथा स्याउको बगैचा व्यवस्थापन कार्यक्रम सुरु भएको छ । ढोरपाटन नगरपालिकाद्धारा आर्थिक वर्ष २०७४/७५को लागि छुट्याईएको १५ लाख विनियोजित बजेट मध्ये केहि बजेटमा त्यस क्षेत्रका कृषकहरुलाई प्रत्यक्ष लाभ लिने गरी कृषि उत्पादन र व्यवस्थापन, स्याउको बगैचा व्यवस्थापन, विषादी प्रयोग, स्याउमा लाग्ने रोगहरुको रोकथाम लगाएतका विषयमा कृषहरुलाई जानकारीसगै आवश्यक किटनाशक विषादी समेत उपलब्ध गराउने गरी आईतबारदेखि वडा नम्बर ६ मा कार्यक्रम सुरु भएको कृषि शाखा प्राविधिक महेन्द्र अधिकारीले जानकारी दिए ।

आईतबारदेखि सुरु भएको तालिममा वडा नम्बर ६ अन्र्तगतका २६ जना कृषकहरुको सहभागिता रहेको थियो । सोमबार पनि सोहि वडामा कार्यक्रम हुने र मंगलबारदेखि वडा नम्बर ९ हुँदै क्रमश ७ र ८ वडामा समेत तालिम संचालन गरिने बताईएको छ ।तालिममा कृषकहरुलाई आवश्यक ज्ञान सिपसँगै रोग किराको प्रकोप नियन्त्रणका निम्ती ४ वटै वडामा गरी ३५ केजी निलोतुथो, ४५ केजी चुना, १५ थान हाते स्पेल, ३१ सेट आरिसिकेशर उपलब्ध गराईने बताईएको छ ।

तालिमलाई सहजिकरण गर्न प्रशिक्षकको रुपमा कृषि शाखा प्राविधिक महेन्द्र अधिकारी र प्रकृति छन्त्यालको सहभागिता रहेको छ । आईतबार आयोजित कार्यक्रम वडा नम्बर ६ का वडा सदस्य गोपाल विकको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung