४ श्रावण २०८३, सोमबार

 

बागलुङ समाज जापानको अध्यक्षमा श्रेष्ठ चयन

बागलुङ समाज जापानको सोमबार सम्पन्न भएको दोस्रो अधिवेशनबाट सिद्धार्थ श्रेष्ठ अध्यक्ष चयन भएका छन् । जसको वरिष्ठ उपाध्यक्षमा प्रेम कँडेल, महा–सचिवमा कृष्ण सुवेदी, कोषाध्यक्षमा यमकान्त कँडेल सर्वसम्मत चयन भएका हुन् ।

जसको सदस्य बिना खड्का, दिपक रेग्मी, बसन्त बियोगी, चेतन पौडेल, सुनिता श्रीष, लक्ष्मी केसी, कृष्ण शर्मा, खगराज सापकोटा, गोविन्द खड्का, शकंर सापकोटा चयन भएका छन् ।

निवर्तमान अध्यक्ष राजबिन थापाको कार्यकालमा समितिले १४ लाख ८९ हजार बराबरको बिपन्न र विभिन्न रोगका पीडितलाई सहयोग गरेको थियो ।

नवनिर्वाचि अध्यक्ष श्रेष्ठले सबैलाई धन्यवाद दिँदै आफ्नो कार्यकालमा समाजको हित र सामाजिक क्षेत्रमा महत्वपूर्व काम गर्न प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung