
कुश्मा नगरपालीकाले सडकलाई प्राथमिकतामा राखेर योजना कार्यान्वयन गरेको छ । ठुला र साना पूर्वाधार योजना अन्तर्गत सडक निमार्ण एंवम स्तरन्नोतीलाई प्रथामिकता दिएको नगरपालिकाले जनाएको छ । ठूला योजनाहरुलाई ४ करोड ६५ लाख बिनियोजन गरिएको छ । नगरपालिकामा हाल रहेका १४ वडामा ठुला पूर्वाधार अन्तर्गत वजेट विनियोजित गरिएको हो । कुश्मा नगरपालीकाले असार मसान्तसम्म योजनाका काम सक्ने गरि योजना कार्यान्वयन गर्न लागेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।
सडक विकास अन्तर्गत साईकलचोक ठुलीपोखरी सडकमा ४५ लाख, ठुलीपोखरी,रोहोट,विरौटा–अँधेरीनेटा,आर्थर सकडमा ४५ लाख,दोविल्ला,पकुवा,गँगटे,आर्थर सडकमा ४५ लाख,धैरेनीचोक,वडा कार्यालय,नुवार मा.वि,अर्चले,गणेश प्रा.वि,खरिवोट हुँदै धैरेनी सडकलाई ३५ लाख,पुरानो पहिरो , वाँकैचौतारा , तमादी , पुवा , ठुलीपोखरी सडकलाई २५ लाख, लाख,छमर्के,छिपछिपे,काँटेगाँउ,हलहले सडकलाई २५ लाख वजेट विनियोजन भएको नगरप्रमुख जोशीले जानकारी दिए । यस्तै खीरखाने डाँडा,पदमखोल्सी,भुजेलथान सडकलाई २५ लाख,गौडामुनी सडकलाई २५ लाख,चुवा स्वास्थ्यचौकी मराङसिङ्ग सडकलाई २५ लाख,खरेहा गोदाम सडकलाई २५ लाख,पकुवा रानीस्वारा छापा सडकलाई ३५ लाख,कुश्मा झाप्रेवगर ज्ञादी साईकलाइ ३५ लाख,वान्दे«विणी स्तरन्नोती तथा नयाँ ट्रयाकलाई १० लाख,मोदिवेनी जाने सडकलाई १० लाख र डि.पी.आर तयार गर्न ५ लाखको बजेट बिनीयोजन गरिएको छ । बिगतमा काम शुरु गरेर काम नसकिएका सडकलाई यसवर्ष पुरा गर्ने लक्ष्य राखिएको छ ।
वहुबर्षे योजनालाई नगरपालिकाले यसवर्ष बढि जोड दिएको जनाएको छ । अहिले कुश्मा नगरपालीका अन्तर्गत साईकलचोक ठुलीपोखरी सडक खण्ड,ठुलीपोखरी,रोहोट,विरौटाअँधेरीनेटा,आर्थर सडक निमार्णको काम शुरु भएको छ । अबको पाँच बर्ष भित्रमा सवै नगरपालीका भित्रका सडकहरु पिच गर्न लक्ष्य रहेको छ । यो संगै कुश्मा नगरपालीका भित्रका बिभिन्न वडाहरुमा साना योजना अन्तर्गत पनि सडक निमार्ण पहिलो प्रथमीकतामा रहेको छ । गाउँ गाउँबाट योजना संकलन गरि कार्यान्वयन गरिएको हो ।