२५ असार २०८२, बुधबार

 

नेपाल कम्युनिष्ट पार्टी गठन भएको खुसियालीमा चियापान कार्यक्रम सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी एमाले र माओबादी केन्द्रबिच पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी गठन भएको खुसियालीमा आज बागलुङ बजारमा चियापान कार्यक्रम सम्पन्न भएका छ ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टिका नेता इन्द्रलाल सापकोटाले नेपालमा रहेका दुई ठुला कम्युनिष्ट पार्टी बिच भएको एकताले विश्व कम्युनिष्ट आन्दोलनमा ऐतिहासिक उपलव्धी भएको वताएका छन ।  अन्तराष्ट्रिय रुपमा तरङ्ग ल्याउने गरि भएको एकता नेपाली जनताको चाहाना, जनभाबना अनुसार काम गर्ने उनले वताए । कम्युनिष्टहरु मिलेर देशलाई समृद्ध बनाउन नेपाली जनताले दिएको माण्डेटलाई आफुहरुले अवसर चुनौति दुवै रुपमा लिएको भन्दै  । कुनै पनि परिस्थितिमा जनताको सपना माथि कुठराघात हुन नदिने वताए ।
चियापान कार्यक्रममा नेपाली काङग्रेसका जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, राष्ट्रीय जनमोर्चाका जिल्ला अध्यक्ष अमरबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता राजिव घिमिरे लगाएतले  शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रमा पुर्ब नेकपा एमाले जिल्ला उपाध्यक्ष कृष्ण पाठकको अध्यक्षता  पुर्ब नेकपा एमाले जिल्ला सचिव लालबहादुर थापाको संचालन तथा पुर्व नेकपा माओवादीका कार्यालय सचिव चन्द्रबहादुर थापा शिखरको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung