२५ असार २०८२, बुधबार

 

कम्युनिष्ट एक भएपनि काङ्ग्रेसलाई ढलाउन सक्दैनन् – काग्रेसका युवा नेता प्रदिप पौडेल

- नेपाल तरुण दल जिल्ला कार्य समितिको जिल्ला स्तरिय भेला

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य युवा नेता प्रदिप पौडेलले नेपालका सबै कम्युनिष्ट एक भएपनि आफुहरुलाई ढलाउन नसक्ने गरेका छन । उनले नेपालका ठूला राजनीतिक दलहरु नेकपा एमाले र माओवादी केन्द्र मिलेर एउटै पार्टी बनाएर अगाडि बढेकाले अब काङ्ग्रेशले आफ्ना कमी कमजोरीहरु आफुले नै सच्च्याई उनीहरुको गतिविधिलाई बुझेर कांग्रेसले काम गर्न आवश्यक रहेको बताए । बागलुङमा भएको जिल्ला स्तरीय तरुण भेला एबम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
साथै उनले देशको महत्वपूर्ण परिवर्तनमा कांग्रेसको भुमिका अविष्मरणीय रहेको भन्दै आगामी दिनमा कांग्रेसभित्र केही चुनौती समेत रहेकोले पार्टी भित्रको चुनौतीलाई हटाउन पार्टीको बिधान अनुरुप संस्थागत निर्णय लिन आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति दिपेन्द्र बहादुर थापा, नेबिसंघका उपाध्यक्ष डिल्लीराम सुवेदी , प्रदेश सभा सांसद कोपिला बोहोरा , पुर्व पार्टी सांसद प्रकाश शर्मा पौडेल, मणिभद्र शर्मा कडेँल , हरि श्रेष्ठ लगायतले कांग्रेस कमजोर नभएको आम जनतालाई कांग्रेसले गरेका गतिविधि, विचार र शिद्धान्त बुझाउन नसक्दा कांग्रेसले हारेको बताउदै अव सबै मिलेर संगठन निर्माणमा लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रम नेपाल तरुण दल जिल्ला कार्य समितिका अध्यक्ष उमाकान्त शर्मा बाबुको अध्यक्षता, उपाध्यक्ष कृष्ण प्रसाद पौडेलको स्वागत मन्तव्य र सह सचिव सिताराम रसाईलीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung