२९ बैशाख २०८१, शनिबार

 

आइन्स्टाइनको प्रसिद्धि

सापेक्षतावादको सिद्धान्तले आइन्स्टाइनलाई यति प्रख्यात अनाइदियो कि अखवारहरु उनका प्रत्येक क्रियाकलापहरु दिनहुँ छाप्न चाहन्थे । त्यसैले दिनहुँ पत्रकारहरुले आइन्स्टाइनलाई जहाँ गए पनि पछ्याइरहेका हुन्थे । यसलबाट आइन्स्टाइनको वैज्ञानिक कार्यमा केही अवरोधहरु पनि देखा परे । त्यसैले आइन्स्टाइन पत्रकारहरुलाई उस्तो मन पाराउँदैनथे । पत्रकारहरुको भीडबाट उनी अलग्गै रहन चाहन्थे ।
उनी भन्ने गर्थे – “राजा मिदासले जे छोए पनि सुन हुन्थ्यो भनिन्थ्यो , मैले जे छोए पनि सुन त हुँदैन , तर जे बोले पनि अखवारमा भंगेरा टाउके अक्षरहरुमा भने अवश्यै छापिन्छन् । ”

अमेरिकाको न्यूयोर्क हेराल्ड नामक पत्रिकामा सम्पादकले एकपटक उनको प्रसियन एकेडेमीको सम्पुर्ण प्रवचनलार्य जस्ताको तस्तै छापिदिएका थिए । फलत न्यूयोर्क हेराल्ड पत्रिका यतिबिध्न बिक्री भयो की समाचारपत्रको कार्यालय नै पाठकहरुले घेरिदिए । हुलाकमा चलान गर्न लागिएका पत्रिकाहरु बाटैमा लुटिए । सम्पादकलार्य वक्तव्य जस्ताको तस्तै छापेवापत पठाइएका धन्यवाद र कृतज्ञताको आकाशवाण्ी सम्हाल्न समेत धौ धौ प¥यो ।

प्रतिक्रिया दिनुहोस्