७ जेष्ठ २०८१, सोमबार

 

बागलुङ युनिटी क्लब जिल्ला लिगमा बढुवा

बागलुङ । नवप्रवेशी क्लब बागलुङ युनिटी जिल्ला लिगमा बढुवा भएको छ ।

शुक्रबार बाङेचौर खेल मैदान सम्पन्न नकआउट चरणको फाइनल भीडन्तमा संयुक्त चार युवा क्लबलाई फराकिलो गोल अन्तरले निराश पार्दै युनिटी जिल्ला लिगमा बढुवा भएको हो ।

एकपक्षीय खेलमा युनिटीले संयुक्तको पोष्टमा ३ गोल गर्दै नतिजा आफ्नो पक्षमा पर्यो । युनिटीको जिल्ला लिगमा बढुवा हुने लक्ष्यलाई साकार पार्न स्टार स्ट्राइकर विविध थापा र सन्दिप भण्डारीले महत्वपूर्ण योगदान गरे ।

खेलको २७ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका विविधले दोस्रो गोल गर्दै अग्रता तेब्बर बनाएका थिए । त्यसअघि ३० औँ मिनेटमा सन्दिप भण्डारीले टोलीका लागि दोस्रो गोल गरेका थिए ।

तीन गोलले पछि परेपछि निराश बनेको संयुक्त चारले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेपनि गोल भने सकेन् । यस गरेपनि गोल भने सकेन् । विजेता टोली युनिटीले ट्रफी प्राप्त गरेको जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारीले जानकारी दिए ।

जिल्ला लिगमा बढुवाका लागि नकआउट चरणमा युनिटी, संयुक्त चारसंगै तमान युवा क्लब, अमर आदर्श क्लब, आदर्श विद्यामन्दिर खेलकुद क्लब र बागलुङ एकता क्लबले प्रतिष्पर्धा गरेका थिए ।

जिल्ला लिग चरणका खेल भने बैशाख ३१ देखि जेठ ६ गतेसम्म चल्ने छन् ।

लिगमा पावर फिटनेस क्लब, बागलुङ कालिका युवा क्लब ‘बागलुङ सुधार केन्द्र’, वीर गोर्खाली युवा क्लब, रामरेखा फुटबल क्लब, कालिका भगवती युवा क्लब, बाल जीवन खेलकुद क्लब, रुद्रेपिपल युवा क्लब र गुठी युनाईटेड क्लबले प्रतिष्पर्धा गर्ने छन् ।

लिग विजेताले नगद ७५ हजार, उपविजेताले ४५ हजारसहित ट्रफी, मेडल र प्रमणापत्र प्राप्त गर्ने छन् ।

लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्ने विधागत रुपमा पाँच खेलाडिलाई जनही ५ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

लिगका लागि अखिल नेपाल फुटबल संघबाट ७ लाख बजेट प्राप्त हुनेछ । अपुग खर्च भने स्थानीय तह र व्यवसायीबाट जुटाईने छ ।

ढोरपाटनबाट

 

 

प्रतिक्रिया दिनुहोस्