बागलुङ उद्योग वाणिज्य संघको अध्यक्ष बन्ने दौडमा छन्, अहिलेका बरिष्ठ उपाध्य युवराज राजभण्डारी । उनी संघको सदस्यदेखि द्वितिय, प्रथम हुँदै दुई कार्यकाल बरिष्ठ उपाध्यक्ष भईसकेका छन् । राजभण्डारीले एक पटक मूख्य नेतृत्वमै बसेर काम गर्ने ईच्छा देखाएका छन् । उनले बागलुङ बजारमा सुनचाँदी पसल र निर्माण व्यवसाय समेत गर्दै आएका छन् ।
संघको १७औँ महाधिवेशन अनतरगत यहि मंसिर २२ गते नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । मनोनयन दर्ता भने पर्सी नै गर्नुपर्ने हुन्छ । मनोनयन दर्ता नहुँदै उनी र वर्तमान महासचिव दयाराम पौडेल चुनावी प्रचारमा जुटेका छन् । प्रजातान्त्रिक खेमाका राजभण्डारी र वामपन्थी पक्षबाट पौडेलले अध्यक्षमा चुनाव लड्ने निस्चित जस्तै देखिएको छ ।
व्यवसायीको हकहितको पक्षमा काम गर्नको लागि आफू अध्यक्ष बन्न चाहेको उनी बताउँछन् । बागलुङको व्यवसाय प्रबद्र्धन, पर्यटन विकास र ठुला योजना सम्पन्न गर्न आफुले भुमिका खेल्ने उनको प्रतिवद्धता छ । ‘मध्यपहाडी लोकमार्ग, कालिगण्डकी करिडोर जस्ता ठूला योजना यहाँ सञ्चालनमा छन,’ उनले भने, ‘यी योजनालाई जिल्लाको विकासमा योगदान हुन सक्ने गरि सम्पन्न गर्न मैले पहल गछुँ ।’
‘उनले मेला महोत्सवलाई पनि स्थानीय उत्पादन र व्यवसाय प्रबद्र्धन गर्ने गरि गर्नुप भन्ने मेरो धारणा छ,’ उनले थपे, ‘यहाँको पर्यटन विकासमा पनि मैले काम गर्छु ।’
उनले आफ्नो नेतृत्वमा आगामी कार्यसमितिलाई सर्वसम्मत गरेर जाउँ भन्ने गरेका छन् । ‘नेपाल उद्योग वाणिज्य महासंघको विधानमा बरिष्ठउपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था गरेको छ । जिल्लामा पनि त्यहि मान्यतालाई स्थापित गर्दै मेरो नेतृत्वमा सर्वसम्मत कार्यसमिति बनाएर जाउँ भनेर साथीहरुसँग आग्रह गरेको छु,’ राजभण्डारीले थपे, ‘सबै मिलेर जाँदा काम गर्न पनि सजिलो हुन्छ ।’
प्रस्तुत छ, राजभण्डारीसँग ‘नयाँविश्व टक शो’ मा कृष्ण कँडेलले गरेको सम्वाद ।













































































































































































































