२ श्रावण २०८३, शनिबार

 

आर्थिक परिवर्तनमा राजनीतिक दलहरु चुक्दैछन् : उपमहासचिव जनार्दन शर्मा

बागलुङ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले स्थानीय स्रोत र साधनको उपभोग मार्फत नेपालको आर्थिक विकास हासिल गर्न सकिने बताउनुभएको छ ।

आज नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री पूर्वकगृहमन्त्री समेत रहनुभएका शर्माले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटनका साथै फलाम, तामा खानी उत्खननमा ध्यान दिन आवश्यक रहेको बताउनभएको छ ।

शर्माले सत्ताको मानसिकताले नेपालमा विकास गर्न नसकिएको बताउदै आफूले लएिका आर्थिक नीति अहिलेको सरकारले हटाएको बताउनुभयो ।

उहाँले बागलुङको उत्तरगंगा जलाशययुत्त जलविद्युत आयोजना अध्ययनै चरणमा रहेको बताउदै विवाद नरहेको जिकिर गर्नुभयो । ठूला जलविद्युत निर्माण गर्दा सबैको हितमा हुनेगरी निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।

पूर्वअर्थमन्त्री पूर्वउर्जामन्त्रीसमेत रहनुभएको शर्माले अहिले मूल्यवृद्धि नियन्त्रणमा आएको बताउदै आईटी क्षेत्रले संभावनाको उजागर गरेको जानकारी दिनुभयो ।

युवाहरुले आइटिको क्षेत्रबाट नेपालमा रकम भित्राएको बताउदै नेपालका लागि निकै आइटी क्षेत्र फलदायी हुन थालेको जानकारी दिनुभयो ।

उहाँले मुक्तिनाथ र कालिका मन्दिरले बागलुङको धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सघाएको बताउनुभयो । उहाँले बाँझो जग्गा नराख्ने नीतिले स्थानीय तहमा बाँझो जग्गा उपभोगको काम थालिएकोमा अहिलेको सरकारले उक्त नीति हटाएको बताउदै बाँझो जग्गा बढेको जानकारी दिनुभयो ।

शर्माले कालीगण्डकीमा पाइने शालग्रामको महत्व जगाउन सकेमा कालीगण्डकीय तटीय क्षेत्रको पर्यटकीय विकास हुँने बताउदै धौलागिरि अत्यन्त संभावना बोकेको क्षेत्र रहेको जानकारी दिनुभयो ।

उहाँले नेपालमा आर्थिक नीति परिवर्तन हुँदा उद्यमीमारमा परेको बाउनुभयो । नेपालको अस्थिर आर्थिक नीतिलाई स्थिर बनाउन सकेमा नेपालले छिट्टै आर्थिक फड्को मार्ने बताउनुभयो ।

अहिलेको मुख्य समस्या भनेको सरकार बनाउने र टिकाउने खेलका कारण सिर्जित समस्याहरु भएको उहाँको भनाई थियो । सरकार र मुख्य राजनैतिक दलहरुको ध्यान आर्थिक वृद्धि, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायमा केन्द्रीत हुनु पर्नेमा जोड दिनु भयो ।

जनताको चासो र आक्रोशलाई बेलैमै सम्वोधन गर्न नसके परिस्थिति प्रतिकुल हुदै जाने भएकोले जनताको जनचाहनालाई लोकतन्त्रको मुख्य आधार बनाउनु पर्ने उहाँको भनाई थियो ।

हामीले लोकतन्त्र र संविधान निर्माण देश र जनताको आवश्यकता समाधानको लागि ल्याएकोले यस दिशामा सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो ।

नेपालमा राजनैतिक परिवर्तन त भयो तर देशको वैकल्पिक अर्थनीति बनाउन र आर्थिक परिवर्तनको यात्रामा लाग्न मुख्य राजनैतिक दलहरु चुकेको उहाँको भनाई थियो । त्यसैले छिटोभन्दा छिटो देशलाई दिगो विकासको यात्रामा अगाडि बढाउन सरकारले विभेद र हरेक क्षेत्रमा अनावश्यक हस्तक्षेप बन्द गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारी, महासचिव खिमनारायण पराजुली, नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा गलकोट नगरपालिकाका उपमेयर फमलाल निउरे, जिल्ला प्रशासन कार्याल बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, नेकपा माओवादी केन्द्र बागलुङका संयोजक राजिव घिमिरे र बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका महासचिव गोकुल प्रसाद कँडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष मनकाजि विश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिका-३ का पुस्तक व्यवसायी तथा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका संस्थापक अध्यक्ष लालचन्द्र राजभण्डारी, बागलुङ नगरपालिका-८ का फलफुल तथा तरकारी व्यवसायी टोपबहादुर खड्का, बागलुङ नगरपालिका-२ का फेन्सी तथा कपडा व्यवसायी मनोविज्ञान श्रेष्ठ, बागलुङ नगरपालिका-२ का होटल व्यवसायी अर्जुन चोखाल, ढोरपाटन नगरपालिका-८ बोबाङका कृषक होमबहादुर भुषाल, बागलुङ नगरपालिका-२ का होटल व्यवसायी कविता बस्नेत, बागलुङ नगरपालिका-४ काफर्निचर उद्योगी सरिता गौतम, बडिगाड गाउँपालिका-६ भिमगिठेका उद्यमी लक्ष्मी केसी, बागलुङ नगरपालिका-२ श्रीनगर टोलका हार्डवयेर व्यवसायी चुडामणि सापकोटा र काठेखोला गाउँपालिका-८ लेखानीका उद्योगी चाङसिंह श्रीसलाई सम्मान गरिएको थियो ।

कार्यक्रम नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता तथा स्वागत, उपाध्यक्ष प्रकाश पौडेलको धन्यवाद र महासचिव गोकुल प्रसाद कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung