२ जेष्ठ २०८१, बुधबार

 

मोदीको सुरक्षामा खटिएका प्रहरीलाई स्थानीयले ढुंगा हानेर मारिदिए

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सभालाई सुरक्षा दिन गएका एक प्रहरी अधिकारीकाे मृत्यु भएकाे छ ।  स्थानीय प्रदर्शनकारीले ए प्रहार गर्दा माेदीकाे सभालाई सुरक्षा दिन गएका प्रहरी सुरेश वत्सकाे मृत्यु भएको हाे ।

हिन्दी बीबीसीका अनुसार  गाजीपुर प्रहरीका अनुसार प्रहरी सुरेश  प्रधानमन्त्रीको सभामा सुरक्षा दिएर शनिबार बेलुका फर्किदै थिए । स्थानीय निषाद समुदायका केही व्यक्तिहरुले प्रहरी चौकी अगाडि प्रदर्शन गरिरहेको थिए । त्यहीबाेला स्थानीयले प्रहार गरेकाे  ढुंगा लागेर प्रहरी सुरेशलाई चाेट लागेकाे थियाे ।

घटनामा अन्य दुई जना प्रहरी पनि गम्भीर घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको बताइएको छ । मोदी शनिबार उत्तरप्रदेशको गाजीपुरमा एक सभालाई सम्बोधन गर्न गएका थिए ।

निषाद समुदायले आरक्षणको माग गर्दै प्रधानमन्त्री आएको बेलामा प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण सडक अवरुद्ध भएपछि प्रहरीहरु जाम खुलाउने प्रयासमा रहेका थिए । त्यही क्रममा प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्