२ जेष्ठ २०८१, बुधबार

 

चीनका राष्ट्रपतिले सेनालाई भने, ‘युद्धका लागि तयार हुनुहोस्’, कोसँग युद्ध गर्दैछ चीन ?

एजेन्सी । चीनका राष्ट्रपति शी जिनपिंगले देशले संकटकालको सामना गरिरहेका कारण पिपल्स लिबरेशन आर्मी अर्थात् पिएलए युद्धको स्थितीका लागि तयार हुनुपर्ने बताएका छन् ।

शुक्रबार सेन्ट्रल मिलिट्री कमिशन (सिएमसी) को बेइजिङमा भएको बैठकमा कमिशनका अध्यक्ष शी जिनपिंगले देशमा विभिन्न प्रकारको खतरा बढिरहेकाले अधिकारीहरु सतर्क हुनुपर्ने बताएका छन् ।

बैठकमा बोल्दै चिनियाँ राष्ट्रपतिले सो कुरा बताएपछि त्यसको विश्वभरी नै चर्चा भएको छ । उनले चीन कस्तो खालको संकटमा परेको हो र किन उनले सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिए भन्ने कुरा चाहिँ खुलेको छैन ।

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्समा द ग्लोबल टाइम्समा छापिएको एक खबर अनुसार शुक्रबार भएको बैठकमा शी जिनपिंगले भने, ‘संसारमा यस्ता विभिन्न परिवर्तन भइरहेका छन् जुन पछिल्लो एक शताब्दीमा भएका थिएनन् र चीन अहिले पनि त्यही अवस्थामा छ जहाँ विकासको रणनीतिक अवसर चीनका लागि महत्वपूर्ण छ ।’ पत्रिकाका अनुसार उनले सैनिकको तालिमका लागि आवश्यक एक आदेशमा पनि हस्ताक्षर गरेका छन् ।

उनले सैनिकका लागि आवश्यक तालिमको लागि एक आदेशमा पनि उक्त अवसरमा हस्ताक्षर गरेका थिए । सबै सैनिक टुकडीले राष्ट्रलाई परिरहेको खतरा र विकासको धार दुवै पक्षलाई बुझ्नुपर्ने र जस्तो सुकै अवस्थाको सामना गर्न तयार रहनुपर्ने उक्त अवसरमा बताएका थिए ।

यस्तै, साउथ चाइना मर्निङ पोष्टले जिनपिङको भनाई उद्धृत गर्दै लेखेको छ, ‘सबै सैनिकले राष्ट्रिय खतरा र विकासको धारालाई राम्रोसँग बुझ्नुपर्ने हुन्छ र जस्तो सुकै स्थितीका लागि तयार हुनुपर्छ ।’

युद्धका लागि तयार हुनु भन्दै आदेश

‘द ग्लोबल टाइम्स’ ले रक्षा मामलाका जानकार सोंग जोंगपिंगलाई उद्धृत गर्दै लेखेको छ, ‘उक्त आदेशमा भनिएको छ कि पिपल्स लिबरेशन आर्मीले चीनको स्थापना दिवसको ७० औं वर्षगाँठको अवसरमा थियानमेन चोकमा सैन्य परेडको आयोजना गरिनेछ जसमा पिएलको सही युद्ध क्षमतालाई प्रदर्शन गरिने छ । ’

उनका अनुसार यो मौकामा सेनाको यस्तो झलक देख्न पाइनेछ जसले युद्ध जित्ने क्षमता राख्छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार चीन दक्षिण चीन सागरमा आफ्नो उपस्थिती मात्र नभई नियन्त्रण पनि बढाउन चाहन्छ । अमेरिकासँग व्यापार युद्धको विषयमा र ताइवानसँग पनि चीनको सम्बन्ध तनावग्रस्त छ ।

चीन र अमेरिका संसारका दुई सबैभन्दा ठूला अर्थव्यवस्था हुन् र संसारको बजारमा आफ्नो अधिकारका लागि एक प्रकारको परोक्ष लडाईं लडिरहेको छ । दुबै एक अर्काको आयातमा अतिरिक्त शुल्क लगाइरहेका छन् ।

शी जिनपिंगले बैठकमा भने, ‘आपत्कालीन स्थितीमा सेनाले तुरुन्त प्रतिक्रया देओस् र यसका लागि ऊ तयारी अवस्थामा हुनैपर्छ । हामीले साझा अभियानको क्षमता पनि बढाउनुपर्छ र युद्धको नयाँ तरिकाका लागि तयार हुनुपर्छ ।’

चीनको सेन्ट्रल मिलिट्री कमिशनले सैन्य इकाइबीच सार्वजनिक गतिविधी गराइरहेको यो दोस्रोपटक हो । यसअघि गत वर्ष जनवरी ३ तारिखमा पहिलो पटक यस्ता क्रियाकलाप भएका थिए ।

यद्यपी, रक्षा विशेषज्ञ जिनपिंगले सेनाको मनोबल बढाउन र संसारलाई आफ्नो सैन्य ताकतको महसुस गराउनका लागि यस्तो भनिएको बताएका छन् ।

यसभन्दा अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘एशिया रिएस्युरेन्स इनिसिएटिभ एक्ट’लाई स्वीकृत गरेर कानुनी रुप दिएका थिए । विश्वको करिब आधा मानिस बस्ने एशिया प्रशान्त क्षेत्रको लागि बनाइएको यो कानुनका अनुसार दक्षिण चीन सागरमा चीनको निर्माण कार्य र उसको सेनाको उपस्थितिलाई अमेरिकाले आफ्नो राष्ट्रिय हित तथा यो क्षेत्र र विश्वव्यापी स्थायित्वको समेत विरुद्धमा रहेको जनाएको छ ।

यस अघि गएको बुधबार मात्रै पनि चीनका राष्ट्रपतिले ताइवान चीनसँग एकीकृत हुनुपर्ने र भएरै छोड्ने बताएका थिए । उनले त्यसका लागि बल प्रयोग गर्नसमेत सकिने चेतावनी दिएका थिए ।

ताइवानसँग सम्बन्ध सुधारका लागि ४० वर्ष पुगेको अवसरमा दिएको मन्तव्यमा चिनियाँ राष्ट्रपतिले चीन ‘एक देश दुई प्रणाली’को रुपमा ताइवानलाई शान्तिपूर्ण एकीकरण गर्न चाहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्