२० बैशाख २०८१, बिहीबार

 

इजरेली प्रधानमन्त्रीद्वारा नियतबिनै गाजामा कार्यरत सहायताकर्मी मारिएको स्वीकार

गाजामा खाद्यान्न वितरण गरिरहेको परोपकारी सहायता संस्था वर्ल्ड सेन्ट्रल किचन (डब्ल्यूसीके) मा कार्यरत सात सहायताकर्मीहरू मारिएपछि इजरेली प्रधानमन्त्रीले ूनियतबिनैू गरिएको इजरेली हमलामा निर्दोष मानिसहरूू मारिएको स्वीकार गरेका छन्।

हिब्रु भाषामा जारी गरिएको एक भिडिओ सन्देशमा बेन्जमिन नेतन्याहूले भनेस् दुर्भाग्यवश, पछिल्ला २४ घण्टामा हाम्रा फौजले नियतबिनै गाजा स्ट्रिपमा निर्दोष मानिसहरूलाई हमला गरेको दुस्खद् घटना भएको छ।

युद्धमा यस्तो हुन्छ, हामी यसबारे पूरा जाँचबुझ गर्छौँ, हामी सरकारहरूसँग सम्पर्कमा छौँ, हामी यस्तो घटना पुनः नहोस् भन्नेगरी सबथोक गर्छौँ

ज्यान गुमाएका ती सहायताकर्मीहरू अस्ट्रेलिया, ब्रिटेन, पोल्यान्डकासहित प्यालेस्टिनी एवं अमेरिका(क्यानडाको दोहोरो नागरिकता हुनेहरू छन्।यस घटनालाई उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृतले अक्षम्य हमलाू बताउँदै गाजामा आफूहरूले गर्दै आएको काम स्थगित गर्ने जनाएका छन्।

एक प्यालेस्टिनी मेडिकल स्रोतले बीबीसीलाई बताए अनुसार ती सहायताकर्मीहरूले आफ्नो संस्थाको लोगो अङ्कित बुलेटप्रुफ भेस्ट लगाएका थिए।विश्व नेताहरूले उक्त घटनालाई लिएर प्रतिक्रिया जनाएका छन्।अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनेजीले आफ्ना देशका सहायताकर्मीको मृत्युलाई कहिल्यै नघट्नुपर्ने दुःखू भन्दै पूर्ण जिम्मेवारीू माग गरेका छन्।

यूकेका प्रधानमन्त्री ऋषि सुनकले तीन जना ब्रिटिश नागरिकहरू मारिएको घटनाबाट आफू ूस्तब्ध र दुखीू भएको बताउँदै स्पष्ट रूपमा जवाफ दिनुपर्ने प्रश्नहरू रहेकोू बताएका छन्।पोल्याण्डका विदेशमन्त्री रादेश सिकोस्कीले आफूले इजरेली राजदूतसँग व्यक्तिगत रूपमै आफ्ना नागरिक मारिएको घटनाको तत्काल प्रस्टीकरणू मागेको बताएका छन्।

ह्वाइटहाउसले उक्त हमलाका कारण मर्माहत र बेचैनू भएको जनाएको छ।अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले इजरेललाई घटनाबारे छिटो र राम्रोसँग अनुसन्धान गर्न आग्रह गरेको जनाएका छन्।युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन्देर लायनले मृतक सहायताकर्मीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवार र साथीहरूप्रति समवेदना जनाएकी छन्।

वर्ल्ड सेन्ट्रल किचनको भूमिका

इजरेलले गाजा स्ट्रिपमा प्यालेस्टिनीहरूको सहायताका लागि जिम्मेवार मुख्य राष्ट्रसङ्घीय निकाय यूएनआरडब्ल्यूएलाई प्रतिबन्धित गर्ने कदम चालेसँगै उक्त भूभाग अन्य मानवीय संस्थाहरूमा ठूलो मात्रामा निर्भर रहँदै आएको थियो।

इजरेल सरकारले यूएनआरडब्ल्यूएलाई २ हजार भन्दा धेरै हमास सदस्यलाई काममा लगाएको आरोप लगाएको छ।

वर्ल्ड सेन्ट्रल किचन त्यहाँ महिनौँदेखि कार्यरत छ जसले हालै साइप्रसबाट समुद्री मार्ग प्रयोग गर्दै दोस्रो खेप ४०० टन सहायता ल्याएको थियो।उक्त संस्थाले गाजालाई भोकमरीतर्फ ढल्किन रोक्ने प्रयासमा एउटा नेतृत्वदायी र महत्त्वपूर्ण प्रयास गर्दै आएको छ।

इजरेलले डब्ल्यूसीके र अन्य सहायता निकायको भूमिकालाई देखाउँदै यूएनआरडब्ल्यूए अब नचाइने भन्दै आएको थियो।गाजामा हमासविरुद्धको झण्डै छ महिना लामो इजरेली हमलामा हालसम्म ३३ हजार प्यालेस्टिनीहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

अक्टोबर ७ मा हमासले कडा इजरेली अवरोध तोडेर गरेको आक्रमणमा १,२०० जनाको ज्यान गएको थियो भने २४० जनालाई बन्धक बनाएर लगेको थियो। जसमध्ये १०० जनाभन्दा धेरै यसअघि अस्थायी युद्धविरामका क्रममा छाडिएका थिए।

बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्