१६ बैशाख २०८१, आईतवार

 

इजरायलको सबैभन्दा ठूलो टाउको दुखाइ बनेको हमासको सुरुङ्ग संजाल

अक्टुबर ७ मा प्यालेस्टाइनी लडाकु समुह हमासले सारा संसारलाई चकित पार्दै इजरायलमा अप्रत्याशित तर अत्यन्तै योजनाबद्ध ढङ्गले आक्रमण गरेको थियो। उक्त आक्रमणमा इजरायली सैनिक तथा सर्वसाधारणहरुसमेत गरी करिब १४०० जनाको ज्यान गएको थियोे । त्यसमा दुर्भाग्यवश नेपालीहरु पनि परेका थिए ।

हमासले सोही दौरानमा इजरायली तथा विदेशी नागरिकहरुसमेत गरी सयौं जनालाई बन्धक समेत तुल्याएको थियो । हमासको उक्त आक्रमणले संसारकै सबैभन्दा चुस्त–दुरुस्त सुरक्षाप्रणाली भएको इजरायल र सबैभन्दा अग्रणी मानिएको उसको जासुसी संस्था मोसादको अनुहारमा नराम्ररी कालो पोतिएको थियो ।

त्यसको जवाफ स्वरुप इजरायलले प्यालेष्टिनीहरुलाई सामुहिक रुपमा दण्डित गर्नु तथा बदला लिन गाजापट्टी माथि अन्धधुन्ध बमबारी गरिरहेको छ। उसको बमबारी उनकै अतिक्रमणकारी नीतिका कारण शरणार्थी जीवन बिताइरहेकाहरुको क्याम्पमा मात्र हैन, युद्ध अपराधको उपल्लो नमूना हुने गरी अस्पतालहरुमा समेत भइरहेको छ ।

इजरायलको यो जातीय नरसंहारकारी स्वरुपको बमबारीका कारण अहिलेसम्म ९००० भन्दा बढी प्यालेस्टाइनीहरुको मृत्यु भैसकेको छ। जस मध्ये २००० भन्दा बढी बालबालिकाहरु रहेका छन्। इजरायलले यसरी बमबारी गर्नुको मुख्य कारण हमास संगठनलाई पूर्ण रुपमा नस्ट गर्नु हो ।

त्यसका लागि ऊ जसरी भए पनि गाजापट्टी लाई खाली गराउन चाहन्छ। यो क्रमको सुरुवात उत्तरी गाजापट्टी बाट गरिएको छ। इजरायलले गाजापट्टीमा बस्ने दशौं लाख प्यालेस्टाइनीहरुलाई आफ्नो घर छोडेर अन्यत्र जान हिटलरी उर्दी जारी गरिरहेको छ।

इजरायलले किन यसरी दशौं लाख प्यालेस्टाइनीहरुलाई गाजाबाट हटाउन चाहन्छ रु यसको एउटै कारण हो गाजापट्टीको भौगौलिक अवस्था र जनघनत्व। गाजापट्टी संसारकै सबै भन्दा बढी जनघनत्व भएको क्षेत्र हो। जम्मा ३६५ बर्ग किलोमिटर क्षेत्र भएको गाजापट्टीको जनसंख्या २२ लाख रहेको छ। यस्तो ठाउँमा इजरायलले हमास विरुद्ध स्थल आक्रमण गर्न एकदमै कठिन हुन्छ।

विकिलिक्सका अनुसार हमासले इजरायलमा गरेको आक्रमणको एक हप्तापछि इजरायलको गुप्तचर मन्त्रालयले १० पेजको एउटा रिपोर्ट जारी गरेको थियो। सो रिपोर्टमा अनुसार प्यालेस्टाइनीहरुलाई गाजा बाट निस्कासित गरेर इजिप्टको उत्तरी सीनाई क्षेत्रमा स्थानान्तरण गर्ने खाका प्रस्तुत गरिएको छ। उक्त रिपोर्टका प्रमुख बुँदाहरु यस प्रकार रहेका छन्

१ इजरायलको स्थल आक्रमण अगाडि नै प्यालेस्टाइनीहरुलाई उत्तरी गाजा छोडेर जान निर्देशन दिने

२ उत्तरी गाजाबाट दक्षिणतर्फ क्रमिक कारवाही गर्ने

३  इजिप्टतर्फको राफ़ह नाका खुला गर्ने

४ इजिप्टको सीनाई क्षेत्रमा टेन्टहरुको शहर खडा गर्ने र प्यालेस्टाइनीहरुलाई त्यहाँ बसोबास गराउने

यस प्रकार इजरायल गाजापट्टीमा रहेका करिब २३ लाख प्यालेस्टाइनीहरुलाई इजिप्टको सीनाई मरुभूमिमा स्थानतरण गर्न चाहन्छ। तर इजिप्ट लगायत कुनै पनि अरब देशहरु इजरायलको यो योजनालाई स्वीकार गर्ने पक्षमा छैनन्।

इजरायलले किन यसरी दशौं लाख प्यालेस्टाइनीहरुलाई गाजाबाट हटाउन चाहन्छ रु यसको एउटै कारण हो गाजापट्टीको भौगौलिक अवस्था र जनघनत्व। गाजापट्टी संसारकै सबै भन्दा बढी जनघनत्व भएको क्षेत्र हो। जम्मा ३६५ बर्ग किलोमिटर क्षेत्र भएको गाजापट्टीको जनसंख्या २२ लाख रहेको छ।

यस्तो ठाउँमा इजरायलले हमास विरुद्ध स्थल आक्रमण गर्न एकदमै कठिन हुन्छ। आक्रमण गरेर त्यो क्षेत्रलाई कब्जा गरेर बस्न मुस्किल हुन्छ। इजरायली सेना शहरी क्षेत्रभित्र हमासका गुरिल्लाहरुको एम्बुसमा सहजै पर्न सक्छन्।

अझ त्यसमाथि हमासले बनाएका माउस होलहरु (एकअर्को संग जोडिएका घरहरू भित्र भित्रै बाट जान सक्ने छिद्रहरु) व्यारिकेड र सुरुङ्गहरुले गर्दा इजरायली सैनिक कारवाहीलाई एकदमै अप्ठ्यारो र रक्तपातपूर्ण बनाइदिन सक्छ।

सुरुङ्गहरु भित्र जनजीवन सुचारु रुपमा सञ्चालन गर्नको लागि डिजेल र पेट्रोलको आवश्यकता पर्छ। योजनाबद्ध युद्धको तयारीमा रहेको हमासले पहिले नै त्यस्ता अत्यावश्यक सामग्रीहरुको ठुलो भण्डारण सुरुङ्ग भित्र गरेको बताइन्छ।

इजरायललाई गाजापट्टीमा सबैभन्दा ठुलो डर हमासले निर्माण गरेका सुरुङ्गहरुबाट रहेको छ। हमासले गाजापट्टीको जमिनमुनि करिव ४०० किलोमिटर लामो सुरुङ्ग बनाएको छ। एक अनुमान अनुसार हमासले करिव ५०० वटा सुरुङ्गहरु निर्माण गरेको छ। यो सुरुङ्गको संजाललाई इजरायली सेनाले गाजा मेट्रोु भन्ने उपनाम दिएको छ।

यी सुरुङ्गहरु जमिनको सतहभन्दा १५० फिट गहिरोमा बनेका छन्। सुरुङ्गहरु नभासियोस् भनेर कंक्रिटले बनाइएको छ। इजरायलले जमिनको सतह माथि जति बमबारी र मिसायल आक्रमण गरे पनि ती सुरुङ्गहरुलाई केही फरक पर्दैन। त्यस्तै यी सुरुङ्गहरु जमिनमुनि निक्कै गहिरो ठाउँमा रहेको छ ।

त्यसो हुँदा त्यहाँ बस्नेहरु व्यक्तिहरुलाई सास फेर्न अक्सिजनको कमी हुन सक्ने भएकोले जेनेरेटर र भेन्टिलेटर प्रणाली जडान गरिएको छ। त्यस्तै सुरुङ्गहरुमा प्रकाशको लागि बिजुलीको वाइरिङ्ग समेत गरिएको छ। यी सुरुङ्गहरु भित्र जनजीवन सुचारु रुपमा सञ्चालन गर्नको लागि डिजेल र पेट्रोलको आवश्यकता पर्छ।

योजनाबद्ध युद्धको तयारीमा रहेको हमासले पहिले नै त्यस्ता अत्यावश्यक सामग्रीहरुको ठुलो भण्डारण सुरुङ्ग भित्र गरेको बताइन्छ। हमासले आफ्ना गाजा स्थित नेतृत्व, हेडक्वार्टर, लडाकुहरु, संचार प्रणाली, हतियारहरु र रसद पानि सबै सुरुङ्ग भित्रै सुरक्षित राखेको अनुमान इजरायलको छ।

हमासको सुरुङ्ग संजाल पत्ता लगाउन र नस्ट गर्न इजरायलको लागि धेरै मुस्किल बन्ने वाला छ। हमासले आफ्नो नेतृत्व र लडाकुहरु र हतियारहरुलाई भण्डारण गर्नको लागि मात्र सुरुङ्गको प्रयोग गरिरहेको छैन। त्यसलाई इजरायली सेनाले नसोचेको ठाउमा आकस्मिक आक्रमण गर्न पनि प्रयोग गरिरहेको छ।

युद्धमा सुरुङ्गको प्रयोग लामो समयदेखि हुँदै आएको छ। मध्ययुग देखि पहिलो विश्वयुद्धसम्म पनि युद्धमा सुरुङ्गको ब्यापक प्रयोग भएको पाइन्छ। त्यस्तै बिसौं शताब्दीमा चीनमा कम्युनिस्ट छापामारहरुले जापान विरुद्ध सुरुङ्गयुद्धलाई व्यापक रुपमा प्रयोग गरे। यही रणनीतिलाई ब्ल्यु प्रिन्टको रुपमा उत्तर कोरिया र पछि भियतनाममा भियतकोङ्ग छापामारहरुले अमेरिकी सेना विरुद्द सफलतापुर्वक प्रयोग गरे।

त्यस्तै अफगानिस्तानमा पनि सुरुङ्ग युद्धकलालाई मुजाहिदिन छापामारहरुले सोभियत सेनाविरुद्ध प्रभावकारी रुपमा प्रयोग गरेका थिए। सुरुङ्ग युद्ध सधै बलिया विरुद्ध कमजोर र आक्रमणकारी विरुद्ध प्रतिरक्षकहरुको रोजाइको रणनीति रहदै आएको छ।

युद्धमा सुरुङ्गको प्रयोग लामो समयदेखि हुँदै आएको छ। मध्ययुग देखि पहिलो विश्वयुद्धसम्म पनि युद्धमा सुरुङ्गको ब्यापक प्रयोग भएको पाइन्छ। त्यस्तै बिसौं शताब्दीमा चीनमा कम्युनिस्ट छापामारहरुले जापान विरुद्ध सुरुङ्गयुद्धलाई व्यापक रुपमा प्रयोग गरे। यही रणनीतिलाई ब्ल्यु प्रिन्टको रुपमा उत्तर कोरिया र पछि भियतनाममा भियतकोङ्ग छापामारहरुले अमेरिकी सेना विरुद्द सफलतापुर्वक प्रयोग गरे।

हमासले आफ्नो सुरुङ्ग संजाललाई नस्ट गर्नको लागि इजरायलले त्यस विरुद्ध रासायनिक हतियार प्रयोग गर्नसक्ने आशंका व्यक्त गरेको छ। हमासका पूर्व प्रमुख खालेद मेशालका अनुसार इजरायली र अमेरिकाको डेल्टा फोर्सका सैनिकहरुले हमासको सुरुङ्ग संजालमा नर्भ ग्यास छोड्ने योजना बनाइरहेको सूचना प्राप्त गरेको दाबी गरेका छन्।

नर्भ ग्यासले स्वास प्रस्वासको माध्यमबाट वा छालाबाट मानिसको शरीरमा प्रवेश गरेपछि १ देखि १० मिनेट भित्रमा व्यक्तिको स्नायु प्रणालीलाई पंगु बनाउने र उसको फोक्सो वरिपरिको मांसपेसीमा पक्षघात गराई दिन्छ। कुनै पनि व्यक्तिको शरीरमा नर्भ ग्यास प्रवेश गर्ने बित्तिकै उसलाई भयानक रुपमा टाउको दुख्ने, रिंगटा लाग्ने, आँखा धमिलो देख्ने, र्याल बग्ने, मांसपेसी बाउडिने, स्वासप्रस्वास बन्द हुने र बेहोस हुने गर्छ।

नर्भ ग्यासले मानिसलाई ६ देखि १२ घण्टा सम्म हलचल गर्न नसक्ने र पक्षघातग्रस्त बनाइदिन्छ। नर्भ ग्यासले गर्दा सुरुङ्गभित्र रहेका व्यक्तिहरु बेहोस भएको बेला इजरायली र अमेरिकी सेनाहरुले ती सुरुङ्ग भित्र पसेर हमासले बन्धक बनाएका मानिसहरुलाई छुटाउने र हजारौ हमासका लडाकुहरुलाई मार्ने योजना अमेरिकाले बनाएको आँकलन गरिएको छ।

रुसी सुरक्षाकर्मीले त्यो थिएटर भित्र पम्प गरेको विषाक्त ग्यासले गर्दा १३० जना बन्धकहरुको पनि मृत्यु भएको थियो। इजरायलले हामसको सुरुङ्ग संजालमा प्रयोग गर्न लागिरहेको रासायनिक हतियारले पनि त्यतै अप्रत्यासित परिणाम ननिम्त्याउला भन्न सकिन्न।

युद्धमा रासायनिक हतियारको प्रयोग अन्तरास्ट्रीयरुपमै प्रतिवन्धित छ। १९२५ को जेनेभा प्रोटोकल अनुसार युद्धमा रासायनिक र जैविक हतियारको प्रयोगलाई निषेध गरिएको छ। तर इजरायलले १९७२ को जैविक हतियार प्रतिबन्ध सम्बन्धी कन्भेन्सनमा सही गरेको छैन।

यो कन्भेसनको पक्षधर रास्ट्र नभए तापनि लगभग एक शताव्दीदेखि लागु जेनेभा प्रोटोकललाई उल्लंघन गर्नु नैतिक रुपमा इजरायलको पराजय नै मानिनेछ। त्यस्तै रासायनिक हतियारको प्रयोगले आफूले सोचेको परिणाम निस्किन्छ भन्ने कुराको कुनै ग्यारेन्टी हुदैन।

२००२ मा चेचेन बिद्रोहीहरुले रुसको राजधानी मस्कोस्थित दुब्रोभका थिएटरमा ८५० जना दर्शकहरुलाई बन्धक बनाएका थिए। चेचेन बिद्रोहीहरुले रुसले दोश्रो चेचेनिया युद्ध अन्त्य गर्नुपर्ने र त्यहाँबाट आफ्ना सेना फिर्ता गर्नु पर्ने माग राखेका थिए। केही दिन पछि स्पेट्सनाज़ (रुसका बिशेष सुरक्षा दल) ले सो थिएटरको भेन्टिलेसन सिस्टमबाट एउटा ग्यास पम्प गरिदिए।

सो ग्यासको असरले थिएटर भित्रका मानिसहरु बेहोस हुन थालेपछि स्पेट्सनाज़हरुले त्यहाँभित्र रहेका ४० जना चेचेन बिद्रोहीहरुलाई गोली हानेर मारे र बन्धकहरुलाई रिहा गराउन सफल भए। तर रुसी सुरक्षाकर्मीले त्यो थिएटर भित्र पम्प गरेको विषाक्त ग्यासले गर्दा १३० जना बन्धकहरुको पनि मृत्यु भएको थियो।

इजरायलले हामसको सुरुङ्ग संजालमा प्रयोग गर्न लागिरहेको रासायनिक हतियारले पनि त्यतै अप्रत्यासित परिणाम ननिम्त्याउला भन्न सकिन्न। हमासले अहिले बन्धक बनाएका २०० भन्दा बढी इजरायलीहरु तिनै सुरुङ्गभित्र रहेका छन् भन्ने विश्वास गरिन्छ।

इजरायलले आफ्नो राज्यको गठनको मुख्य आधारको रुपमा दोश्रो विश्वयुद्ध ताका हिटलरले जर्मनी र युरोपमा युहुदी विरुद्ध गरेको अत्याचारलाई प्रस्तुत गर्छ। त्यस बेला हिटलरको जर्मनीले होलोकस्टको दौरान यहुदीहरुलाई ग्यास च्याम्बरमा जाइक्लोन बी ग्यास प्रयोग गरेर मारेका थिए।

अहिले इजरायलले गाजामा हमासको सुरुङ्ग संजाल विरुद्ध नर्भ ग्यास प्रयोग गरिहाल्यो भने हिटलरको ग्याँस च्याम्बरको झझल्को आउला कि नआउला ?

दायित्ववोधबाट

प्रतिक्रिया दिनुहोस्