२९ असार २०८२, आईतवार

 

जस्तो नाम त्यस्तै काम

बागलुङ । बागलुङमा मनि ट्रान्सफर धेरै छन् । त्यो मध्येको एक हो क्वीक मनि ट्रान्सफर । बागलुङ नगरपालिका ३ जीप पार्क नजिकै एनआइसी बैंकसँगै रहेको क्वीक मनि ट्रान्सफर जिल्लामा रहेका मनि ट्रान्सर्फर मध्ये परिचित नाम हो ।

विष्णुबहादुर कुँवरले संचालन गरेको मनि ट्रान्सफर नाम अनुसारकै काम गर्ने ट्रान्सफर रहेको उनको दाबी छ । ५० भन्दा बढी ट्रान्सफर कम्पनीबाट पठाइएको रकम सेवाग्राहीलाई बढीमा ५ मिनेटभित्र आफूहरुले सेवा दिने गरेको उनले बताए । विशेषगरी आइएमी, सिटी एक्सप्रेस, मनि ग्राम, जिएमई लगायतका ट्रान्सफरबाट बढी कारोबार हुने गरेको कुँवरले बताए ।


छोटो समयमा परिचित
कुँवर दम्पत्ती युकेमा थिए । श्रीमती रेष्टुरेन्टमा काम गर्थिन् भने उनले त्यही ब्रिटिस ट्रान्सफरमा कन्ट्रोलरका रुपमा काम गर्थे । साढेँ सात वर्ष युकेमा रहेका यी जोडीले आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोच बनाएर नेपाल फर्किए र ०६९ जेठमा क्वीक मनि ट्रान्सफर संचालनमा ल्याए । संचालनमा ल्याएको छोटो समयमा नै हामी जिल्लामा रहेका मनि ट्रान्सफर मध्ये टप तीन भित्र पर्न सफल भएका छौं कुँवरले भने ।

परिवारनै सामेल
यो मनि ट्रान्सफरमा परिवारका तीन जना सदस्यहरु नै सामेल छन् । श्रीमान्, श्रीमती र छोरी अहिले सेवाग्राहीलाई सेवा दिन खटिरहेका देखिन्छन् । हामीले यसमा कोही बाहिरको कर्मचारी राखेका छैनौं । म, श्रमती र छोरी तीन जनाले सेवा प्रवाह गरिरहेका छौं कुँवरले हामीसँग भने । यसबाट हामी सन्तुष्ट छौं उनले भने ।

प्रविधिमैत्री बनाउँदै
क्वीक मनि ट्रान्सफरले आफ्नो सेवालाई थप प्रविधिमैत्री बनाउने भएको छ । पछिल्लो समयमा आएको मोबाइल वालेट सम्बन्धी ज्ञान अब आफ्ना सेवाग्राहीलाई दिने योजना उसले बनाएको छ ।

मनि ट्रान्सफर आउ, जाउ भन्दा पनि अब मोबाइल वालेटबाट नै कति पैसा आयो, कसरी आफ्नो खातामा राख्ने, कुनै व्यक्तिलाई ट्रान्सफर गर्नुछ भने कसरी गर्ने, पानी, विजुलीको बिल तिर्ने यी सबै तरीकाहरु आफुहरुले आफ्ना सेवाग्राहीलाई सिकाउने योजना बनाएको उनले बताए ।

हामी मोबाइल वालेटबाट पानी, विजुलीको बिल, हवाइ टिकट, बस टिकट खरिद गर्न सक्छौ त्यो गरिरहेका छौं तर अब सेवाग्राहीलाई पनि यसबारे जानकारी दिने योजना बनाएको छौं उनले भने ।

महिनाको पहिलो दुइहप्ता भीड
अंग्रेजी महिनाको पहिलो १५ दिनमा धेरै रेमिटान्सहरु भित्रिने गरेको कुँवरले बताए । अरु बेलाभन्दा पनि यो समयमा बढी कारोबार हुन्छ उनले भने । दैनिक २० लाखसम्म कारोबार हुने गरेको उनले बताए । यति उति कारोबार हुन्छ भन्ने नै हुँदैन अंग्रेजी महिनाको पहिला दुइ हप्तामा २० लाखभन्दा बढी कारोबार हुन्छ अरु बेलामा यही हाराहारीमा हुन्छ उनले भने ।

रेष्टुरेन्ट खोल्ने सपना
यो सेवासँगै अब रेष्टुरेन्ट खोल्ने योजना छ उनले हामीसँग भने । श्रीमतीसँग रेष्टुरेन्टमा काम गरेको अनुभव छ । अब हाम्रो सोच एउटा रेष्टुरेन्ट खोलौ भन्ने नै हो हेरौ ढिलो चाडो हामी रेष्टुरेन्ट व्यवसायमा पनि हात हाल्छौ उनले भने ।

यो पनि पढ्नुहोस् :

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung