२९ असार २०८२, आईतवार

 

अदालतको फैसलाः रेशम चौधरीसहित १२ जनालाई जन्मकैद

काठमाडौं । टीकापुर घटनाका मुख्य अभियुक्त मानिएका रेशम चौधरीलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासमा फैसला सुनाईएको हो। उच्च सुरक्षा अधिकारीसहित नौ जनाको हत्या भएको टीकापुर घटनामा जिल्ला अदालत कैलालीले चौधरीसहित १२ जनालाई जन्मकैद फैसला गरेको हो।

यस्तै उक्त घटनामा ३ जनाले फैसला पाएका छन्। अन्य १२ जना ३ वर्ष कैदको सजायपछि छुट्नेछन् । घटनामा दोषी मानिएका लक्ष्मण थारुलाई ३ वर्ष कैद सजाय सुनाइएको छ । ३ जनाले सफाइ पाएका छन् । एक नाबालकलाई रिहाइ गरिएको छ ।

गत बुधबारदेखि सुरु भएको बहसमा वादीतर्फका न्यायाधीवक्ता र प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस गरेका थिए। मंगलबार वादी तर्फबाट जिल्ला न्यायधिवक्ता विष्णु प्रसाद पौडेल र प्रतिवादी तर्फबाट ६ जना कानुन व्यवसायीहरुले बहस गरेका थिए ।

कसरी भएको थियो घटना ?

 सुदूरपश्चिमका नौ वटै जिल्ला मिलाएर एक प्रदेश बनाउनुपर्ने माग गर्दै अखण्ड सुदूरपश्चिम आन्दोनल चर्किरहेका बेला थरुहटरथारुवान संयुक्त संघर्ष समितिले कैलाली कञ्चनपुरसहितलाई समेटेर थरुहट प्रदेश बनाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेको थियो।

सो क्रममा आन्दोलनरत थरुहट९थारुवान संयुक्त संघर्ष समितिले भदौ ७ सरकारी कार्यालयहरुमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रम थियो। तर, निषेधाज्ञा तोडेर आन्दोलनकारी अघि बढेपछि आन्दोलन हिसांत्मक भएको थियो। छुरा, भाला, बन्चरोसहित घरेलु हतियार बोकेर १० हजार बढीको संख्यामा सडकमा आएका आन्दोलनकारीले जानकी गाउँपालिका (तत्कालिन मुनुवा गाविस पशु हाट बजार) नजिक सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए। सो क्रममा सुरक्षाकर्मीको विभत्स तरिकाले हत्या गरिएको थियो भने घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागि मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung