२९ असार २०८२, आईतवार

 

काँग्रेस प्रवेश गरेको तीन दिनमै नेता चौरसियाको हत्या

भारत । इन्डियन काँग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एक जना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन् ।बहुजन समाजवादी पार्टी (बिएसपी)का पूर्व नेता देवेन्द्र चौरसियाको हत्या भएको हो भने उहाँका छोरा सोमेश घाइते हुनु भएको हो ।मध्य प्रदेशको दामोही नजिकै अज्ञात व्यक्तिहरुको आक्रमणमा परी उहाँ शुक्रबार मारिनु भएको अधिकारीहरुले जनाएका छन् । घटनामा संलग्न भएको आशंकामा मध्यप्रदेश प्रहरीले सात जनाविरुद्ध मुद्धा दर्ता गरेको छ ।मुद्दा दर्ता गरिएकामध्ये एक जना बिएसपीका तर्फबाट विधान सभा सदस्य रहेकी राम बाइका
श्रीमान् गोविन्द सिंह पनि रहेका छन् ।–रासस

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung