
बागलुङ । राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङले सनातन परम्पराको संरक्षणका लागि हिन्दू राष्ट्रको माग गर्दै हस्ताक्षर अभियान शुरु गरेको छ । राप्रपाको केन्द्रीय अभियान अनुसार बागलुङ लगायत देशैभर हस्ताक्षर संकलन अभियान शुरु गरेको हो ।
बागलुङको लोकतान्त्रीक चोकमा आयोजित कार्यक्रममा राप्रपाका जिल्ला सचिव विष्णु सापकोटाले अभियनानको सुभारम्भ गरेका थिए। नेपालको पहिचान हिन्दु धर्म भएकाले सरकारलाइृ हिन्दु राष्ट्र घोषणाका लागि दबाव दिन हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको राप्रपा बागलुङका अध्यक्ष सुरेन्द्र खड्काले बताए । उनले मुलुकको प्राचीन सभ्यता, संस्कृति, सनातन परम्पराको संरक्षणका लागि हिन्दू राष्ट्रको पहिचान खाँचो रहेको बताए। पहिलो दिन करिव १ हजार भन्दा वढी नागरिकले हिन्दु राज्यको पक्षमा हस्ताक्षर गरेका छन् । अभियान ३ दिनसम्म संचालन हुने छ । तल्लो तहदेखि नै सङ्कलन गरिएको हस्तारक्षरलाई एकीकृत गरी आगामी वैशाखमा सरकारलाई बुझाउने राप्रपाले जनाएको छ ।