२५ असार २०८२, बुधबार

 

राप्रपाको हिन्दू राष्ट्र माग गर्दै हस्ताक्षर संकलन

काठमाडौँ  चैत्र १८। राष्ट्रिय प्रजातन्त्र पार्टीले सनातन हिन्दू राष्ट्रको माग गर्दै हस्ताक्षर अभियान शुरु गरेको छ। राप्रपाको केन्द्रीय अभियान अनुसार राप्रपाको पुर्व उपाध्यक्ष दिल विकास राजभण्डारीको नेतृत्वमा काठमाडौँको सुन्धारामा हस्ताक्षर संकलन अभियान सुरु गरेको हो।

सुन्धारामा आयोजित कार्यक्रममा राप्रपाका पुर्व उपाध्यक्ष राजभण्डारीले नेपाल देश बचाउन नेपाली एक जुट हुनु पर्ने विचार व्यक्त गर्नुभयो ।त्यसको लागि सनातन हाम्रो मौलिक हिन्दु धर्मको पुनस्र्थापना गर्नुपर्ने विचार पुर्व उपाध्यक्ष राजभण्डारीले बताउनु भयो ।

 

नेपालको पहिचान हिन्दु धर्म भएकाले सरकारलाई हिन्दु राष्ट्र घोषणाका लागि दबाव दिन हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको राप्रपा केन्द्रीय सदस्य देवी प्रसाद कँडेलले वताउनु भयो । मुलुकको प्राचीन सभ्यता, संस्कृति, सनातन परम्पराको संरक्षणका लागि हिन्दू राष्ट्रको पहिचान खाँचो रहेको केन्द्रीय सदस्य कँडेलले बताउनु भयो। पहिलो दिन ठूलो संख्यामा नागरिकले हिन्दु राज्यको पक्षमा हस्ताक्षर गरेका छन् ।

तल्लो तहदेखि नै सङ्कलन गरिएको हस्तारक्षरलाई एकिकृत गरी आगामी वैशाखमा सरकारलाई बुझाउने राप्रपाका पुर्व उपाध्यक्ष दिल विकास राजभण्डारीले नयाँ विश्वलाई जानकारी दिनु भयो । हस्ताक्षर अभियान २३ गतेसम्म जारी रहेन राप्रपाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung