६ जेष्ठ २०८१, आईतवार

 

रेशमा ग्लोबल आईएमई बैंकको शाखा रहित बैंकिङ सेवा

बागलुङ । जिल्लाको काठेखोला गाउँपालिकाको–७, रेश नुनथलामा ग्लोबल आईएमई बैंकले आफ्नो शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ। बैंकले मंगलबार देखी आफ्नो १ सय ३८ औं शाखा रहित बैंकिङ सेवा सुभारम्भ गरेको हो ।

गाउँगाउँमा सहकारीहरु मार्फत मात्र बित्तिय कारोवार गरेका स्थानीयलाई लक्षित गरेर ग्लोबल बैकंले शाखा रहित बैंकिङ सेवाको विस्तार गरेको हो ।

बैंकको काठेखोला गाउँपालिका–७ का वडा अध्यक्ष प्रेम लामिछानेले शुभारम्भ गरेका हुन । शाखाको सुभारम्भ गर्दै लामिछानेले बैंकहरुले गाँउ गाउँमा सेवा पुर्‍याई निकै राम्रो काम गरेको बताए । उनले पछिल्लो समयमा गाउँमा सहकारीले मात्र वित्तीय कारोबार गर्दै आएकोमा बैंकिङ कारोबार भित्रीय सँगै गाउँका सर्वसाधारण जनतालाई सहज हुने बताए ।

सहकारी मार्फत कारोवार गरिरहेका स्थानीयलाई सेवा दिने र बैंक मार्फत कारोवार गर्ने अबसर स्वरुप कारोबार थालिएको ग्लोबल आईएमी बैंक बागलुङका शाखा प्रबन्धक नारायण प्रसाद पौड्यालले बताए । यस क्षेत्रमा रेमिट्यान्सको कारोवार पनि बढि हुने विश्वास लिईएको छ । बैंकको सेवा लिनका लागि लेखानी, विहुँका जनतालाई पनि सुलभ हुने बताईएको छ । बैंकले स्थानीय हरि प्रसाद गौतमलाई बैंकको प्रतिनिधिको रुपमा नियुक्ति गरि सेवा सञ्चालनको लागी आवश्यक मेसिन तथा प्रमाणपत्र समेत हस्तान्तरण गरेको छ ।

शाखा रहित बैकिंङ सेवाको बारेमा बैंकका कर्मचारी बाबुराम पौडेलले जानकारी गराएका थिए । कार्यक्रम प्रवन्धक नारायण प्रसाद पौड्यालको अध्यक्षतामा र कर्मचारी खगराज आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्