१६ बैशाख २०८१, आईतवार

 

गुड्ने कुचीकार

राजधानीको सोल्टीमोडमा ब्रुमरमार्फत सडक बढारिँदै ।

संघीय राजधानीलाई धुलोमुक्त बनाउन काठमाडौं महानगरले चैत १३ यता राति ८ बजेदेखि बिहानसम्म पाँचवटा ब्रुमर चलाउँदै आएको छ ।

त्यसअघि २०६३ सालमा चीन सरकारको अनुदानमा प्राप्त तीन र अठारौं सार्क सम्मेलनमा खरिद गरिएको एक गरी चारवटा ब्रुमर थिए । ती कामै नलाग्ने गरी थन्किएका छन् ।

अहिले सञ्चालनमा रहेका पाँचै ब्रुमर अत्याधुनिक युरोपियन स्ट्यान्डर्डका हुन् । महानगरले ११ करोड बजेटमा इटालीबाट खरिद गरेको हो ।

यी ब्रुमरले दैनिक १० देखि १२ टन धुलो संकलन गर्ने महानगरको दाबी छ । रातभर सफा गरे पनि भोलिपल्ट उत्तिकै धुलो जम्ने गरेको राजधानीवासीको गुनासो छ ।

तस्बिर : सन्तोष श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्