२ कार्तिक २०८३, आईतवार

 

तीन दिन बाढीको सम्भावना : कहाँ कति खतरा ?

देशभर वर्षा हुने क्रम जारी रहेसँगै नदी आसपासका क्षेत्रमा बाढी र पहिरोको खतरा बढ्दो छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बबई र कन्काई नदीमा जलसतह खतराको आसपास रहने सम्भावना छ।

खासगरी सिन्धुपाल्चोक, गोरखा र सल्यान जिल्ला र ती जिल्ला आसपास भएर बहने स-साना खोलानालाहरुमा ठुलो वर्षासहित आकस्मिक बहाव हुन सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै भोली बुधबार खासगरी प्रदेश २ को समग्र क्षेत्रमा आकस्मिक बहाव (फ्लास् फ्ल्ड) को सम्भावना रहेको बताईएको छ।

यसैगरी पर्सि कन्काई, कोसी, बाग्मती, नारायणी नदीहरु र आसपासका सबै ससाना खोलानालामा भारी वर्षासँगै बहावले सतर्कता तह पार गर्न सक्ने सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung