बागलुङ । संविधान दिवसको अवसरमा संयुक्त चार युवा क्लबले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
बागलुङ नगरपालिका–४ स्थित गौरीधाम शिवमन्दिर परिसरमा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीयवासी तथा क्लबका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिनुका साथै रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा समेत ध्यान दिनुपर्नेमा जोड दिइएको क्लबका अध्यक्ष साकर अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षणमा युवाको भूमिका महत्वपूर्ण रहेको भन्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताएका थिए।
वृक्षारोपण कार्यक्रमले स्थानीय क्षेत्रमा हरियाली बढाउनुका साथै वातावरण संरक्षणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
















































































































































































