३० भाद्र २०८३, मंगलवार

 

मुस्ताङमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन सुरु

बागलुङ । मुस्ताङको जोमसोममा जलवायु परिवर्तनका असर, न्यूनीकरणका उपाय र स्थानीय तहको भूमिकाबारे राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

घरपझोङ गाउँपालिकाको आयोजनामा सुरु भएको सम्मेलनमा देशभरका ७५३ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षलाई सहभागी गराउने लक्ष्य राखिएको छ । सम्मेलनको उद्घाटन संघीय वातावरणमन्त्री गीता चौधरीले गरेकी छन् ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असर, बढ्दो विपद् जोखिम तथा त्यसको न्यूनीकरणका लागि स्थानीय तहले गरेका प्रयास र भोगेका समस्याबारे सम्मेलनमा छलफल हुने आयोजकले जनाएको छ ।

जलवायु परिवर्तनका चुनौती सामना गर्न स्थानीय तहबीच अनुभव आदानप्रदान, सहकार्य र भावी कार्यदिशा तय गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनले जलवायु परिवर्तनबाट प्रभावित हिमाली क्षेत्रका समस्या राष्ट्रिय स्तरमा उठान गर्नुका साथै जलवायु न्यायका लागि साझा धारणा निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung