१२ आश्विन २०८३, सोमबार

 

बागलुङमा पहिरोले घर पुरिदा पाँचको मृत्यु, एक वेपत्ता

बागलुङ । बागलुङमा पहिरोले घर पुरिदा पाँच जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् ।

अविरल वर्षाका कारण बागलुङको तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक वेपत्ता र निसीखोला गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरी प्रमुख फडिन्द्र प्रसाईले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण तमानखोला गाउँपालिका–३ धर्नासुकमा घर पुरिदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भिमदेवि घर्तीको मृत्यु भएको छ ।

यस्तै पहिरोले घर पुरिदा तमानखोला गाउँपालिका–४ सन्तरका ५० वर्षीय हस्तविर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ ।

सोही पहिरोका कारण हस्तविर श्रीपालीको श्रीमती वेपत्ता हुनुभएको छ ।

यस्तै पहिरोले गोठ पुरिदा निसीखोला गाउँपालिका–६ रङ्गिलमा ५० वर्षीय सुर्यबहादुर घर्तीको निधन भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung