३ श्रावण २०८३, आईतवार

 

एलआइसीले ७० प्रतिशत लाभांश दिने

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी) ले आफ्ना सेयरधनीलाई ३४.४६ प्रतिशत बोनस सेयरसहित कुल ७० प्रतिशत लाभांश दिने भएको छ ।

आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट प्रस्ताव गरिएको बोनस गत शुक्रबार सम्पन्न १७ औं वार्षिक साधारणसभाले पारित गरेको हो । यससँगै कम्पनीले बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी कायम गर्ने भएको छ ।

उक्त साधारणसभाबाट चुक्ता पुँजीको ३५.५३ प्रतिशत अर्थात् ५३ करोड १२ लाख रुपैयाँबराबर नगद र ३४.४६ प्रतिशत अर्थात ५१ करोड ५१ लाख रुपैयाँबराबरको बोनस सेयर गरी १ अर्ब ४ करोड रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।

यस्तै गत आवमा कुल जीवन बीमा कोषमा २५.८५ प्रतिशत, प्रथम बिमाशुल्क आर्जनमा ९.७० प्रतिशत, लगानीतर्फ २१.७६ प्रतिशत र लगानीबाट प्राप्त आम्दानीमा ५५.६७ प्रतिशतको वृद्धिदर रहेको कम्पनीले जनाएको छ ।

हाल १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८ सय रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको ३४.४६ प्रतिशत बोनस सेयर वितरणपछि बिमा समितिले तोकेभन्दा बढी २ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी पुग्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung