३ श्रावण २०८३, आईतवार

 

सेयर बजारमा झिनो सुधार

साताको चौथो दिन बुधबार सेयर बजारमा झिनो सुधार आएको छ। मंगलबार ८ अंकले घटेको बजार कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज शून्य दशमलव ४२ अंकले बढेको हो। योसँगै सूचक १२१४.०५ विन्दुमा आइपुगेको छ । त्यस्तै इन्डेक्स पनि ०.२२ अंकले सुधार हुँदै २६३.४१ अंकमा पुगेको छ।

बुधवार १६१ कम्पनीका १२ लाख ७० हजार कित्ता सेयर २९ करोड २६ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी सेयर कारोबार हुनेमा सोल्टी होटेल रहेको छ। सोल्टी होटेलको मात्रै चार करोड २० लाख रुपैयाँको सेयर कारोबार भयो। त्यस्तै, माछापुच्छ्रे बैंकको २ करोड ८५ लाखको, एनआईसी एसियाको १ करोड ७२ लाखको र नबिल बैंकको १ करोड ६ लाखको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज १२ समूहमध्ये आठ समूहको सूचक घट्यो भने चार समूहको बढ्यो । सबैभन्दा बढी ट्रेडिङ समूहमा २.५६ अङ्कको वृद्धि भएको छ भने होटेल समूहको उपसूचक ०.७५ अङ्कले घटेको छ।

बुधबार सबैभन्दा बढी कमाउनेमा भने विशाल बजार कम्पनीका लगानीकर्ता छन्। उनीहरुले प्रतिकित्ता ८४ रुपैयाँ, सिटिजन इन्भेष्टमेन्ट ट्रस्टका सेयरधनीले ८५ रुपैयाँ, सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले २६ रुपैयाँ, समता माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ३७ रुपैयाँ आम्दानी गरेको नेप्सेले जनाएको छ।

त्यस्तै आजको कारोबारमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ३१ रुपैयाँ, नाडेप लघुवित्तका सेयरधनीले २६ रुपैयाँ, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले २६ रुपैयाँ गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung