
भारतीय जनता पार्टिको वरिष्ठ नेता तथा पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन भएको छ ।भारतको एम्स अस्पतालमा शनिबार दिउँसो १२ बजेर ७ मिनेट जाँदा उनको मृत्यु भएको हो ।६६ वर्षको जेटलीले केहि समय अगाडि आफुलाई कुनै जिम्मवारी नदिन प्रधानमन्त्री नरेन्द्र मोदिलाई आग्रह गरेका थिए ।
जेटलीलाई स्वासप्रस्वासमा समस्या देखिएपछि अगष्ट ९ तारिखदेखि एम्समा भर्ना गरिएको थियो।उनले अघिल्लो प्रधानमन्त्री नरेन्द्र मोदीको पालामा अर्थमन्त्रीको रुपमा भारतीय अर्थतन्त्रलाई सुधार गर्न महत्वपूर्ण निणर्य लिएका कारण धेरैले उनलाई सम्झन्छन ।जेटलीमा लामो समयदेखि स्वास्थ्य समस्या देखिएपछि उनी स्वास्थ्य उपचार गराई रहेका थिए ।