२१ भाद्र २०८३, आईतवार

 

‘पासवर्ड’को प्रिमियर शोका लागि सन्नी काठमाडौंमा

बलिउड अभिनेत्री सनी लियोन बिहीबार काठमाडौं आइपुगेकी छिन् । नेपाली चलचित्र ‘पासवर्ड’को प्रिमियर शो र प्रमिशनका लागि उनी नेपाल आएकी हुन् । उक्त चलचित्रको एउटा गीतमा सन्नीले आईटम डान्स प्रस्तुत गरेकी थिईन् ।

बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएकी उनलाई फिल्म पासवर्ड टिमले स्वागत गरेको थियो । सन्नी बिहीबार नै पासवर्डको प्रिमियरमा सहभागी हुन कुमारी हल पुगेकी थिइन्। उनले नेपाली चलचित्रकर्मी, कलाकार, मिडियाकर्मीहरुसँगै बसेर उक्त चलचित्र हेरेकी थिईन् ।

उनी प्रिमियर सकेर शनिबार भारत फर्किने बताइएको छ । यसअघि उनी २०१७ मा नेपाल आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung