२ कार्तिक २०८३, आईतवार

 

काठमाडौंमा भारी वर्षा, मौसम विभागले निकाल्यो सूचना

काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ ।
न्यूनचापीय मनसुनी रेखा औषत स्थानभन्दा तल रहेता पनि स्थानीय जलवाष्पयुक्त बायुका कारण वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरी नै सामान्य बदली रही केही स्थानहरुमा वर्षा भइरहेको छ ।

बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै बुधबार राति देशभर सामान्य बदली रहेर मध्य तथा पूर्वका केही तथा पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै विभागले मेघ गर्जन र चट्याङसहित वर्षा हुने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung