१६ बैशाख २०८१, आईतवार

 

सी चिनफिङको जीवनी नेपालीमा

चिनियाँ राष्ट्रपति सी चिनफिङको जीवन र संघर्ष समेटिएको नेपाली पुस्तक बजारमा आएको छ । ‘सी चिनफिङ, जीवन र संघर्ष’ नाम दिइएको पुस्तक निर्भीकजंग रायमाझी र सागर चन्दले लेखेका हुन् ।

पुस्तकमा सीको बाल्यकालदेखि अहिलेसम्मको संघर्ष र आधुनिक चीनको राजनीतिक–सामाजिक घटनाक्रम समेटिएको छ । विश्वकै शक्तिशाली नेतामध्येमा पर्ने सी चिनफिङको जीवनीबारे चासो हुने तथा चिनियाँ राजनीतिबारे जान्न चाहनेलाई पुस्तक उपयोगी हुने लेखकद्वयले बताएका छन् ।

इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तकको मूल्य २ सय ९९ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्