१६ बैशाख २०८१, आईतवार

 

यूएईमा एकै दिन २२ नेपाली संक्रमित

यूएईमा एकै दिन २२ नेपाली महिला कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरू सारजहाँको एक क्लिनिङ कम्पनीमा काम गर्छन् । सोही कम्पनीका ६१ महिलामा एकै दिन कोरोना पुष्टि भएको हो ।

संक्रमितहरूलाई कम्पनीले आफ्नै क्वारेन्टाइन बनाएर अलग्ग राखेको छ । तर क्वारेन्टाइनमा अलग्गै बाथरुम र शौचालय नभएकाले कामदार समस्यामा छन् । उक्त कम्पनीमा एक सय हाराहारी नेपाली महिला छन् ।

उनीहरू स्कुल, कलेज, बैंक, विभिन्न अफिसमा हाउस किपिङको काम गरिरहेको एनआरएनए यूएईको क्यूआरएफ टिम नेपालका संयोजक पासाङ शेर्पाले जानकारी दिए ।

दुबईमा मात्र अहिलेसम्म ४४ जना नेपाली संक्रमित भएका छन् । जसमध्ये १२ जना उपचारपछि निको भएका छन् । ५ जना कम्पनीको क्वारेन्टाइन, २ जना सेल्फ क्वारेन्टाइनमा र २५ जना दुबई सरकारको क्वारेन्टाइनमा स्वास्थलाभ गरिरहेका छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोइरालाका अनुसार हालसम्म यूएईका सबै राज्यमा गरी १ सय ४९ जना नेपाली कोरोना संक्रमित भएका छन् । जसमा २७ जना उपचारपछि निको भएका छन् भने ६ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्