३१ बैशाख २०८२, बुधबार

 

लामो समयदेखि बन्द सरकारी उद्योग खोल्ने तयारी

लामो समयदेखि बन्द उद्योग सञ्चालन गर्न सरकारले तयारी अघि बढाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारी लगानीका रुग्ण उद्योग सञ्चालन गर्न लागेको हो ।

यस्ता उद्योग सार्वजनिक निजी साझेदारी पीपीपी मोडेलमा निजी क्षेत्रलाई सञ्चालन गर्न दिन मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ ।

यसका लागि आवश्यक कानुनी प्रक्रियासँगै सम्बद्ध विषयमा हालै विभिन्न विषयविज्ञसँग छलफल भएको छ। छलफलमा मन्त्री लेखराज भट्ट, राज्यमन्त्री मोतीलाल दुगड सचिवहरू चन्द्र घिमिरे, वैकुण्ठ अर्याल र पूर्वसचिव विमल कोइरालालगायत सहभागी थिए । विषयविज्ञहरूले पीपीपी मोडेल नै उपयुक्त भएको सुझाव दिएको राज्यमन्त्री दुगडले बताए।

‘बन्द उद्योग पुनः सञ्चालन गर्न हामीले पीपीपी मोडेल अघि सारेका छौं,’ उनले भने, ‘यसको कानुनी र व्यावसायिक पक्षमा अहिले छलफल भइरहेको छ।’

मन्त्रालयले गोरखकाली रबर उद्योग, हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना, ओरेन्टियल म्याग्नेसाइट, वीरगन्ज चिनी कारखाना र जनकपुर चुरोट कारखानालगायतलाई पीपीपी मोडेलमा चलाउन दिने तयारी गरेको जानकारी उनले दिए।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung