५ जेष्ठ २०८१, शनिबार

 

महाबौद्धका दुई व्यवसायीमा कोरोना, सटरमा लाग्यो ताला

काठमाडौं महानगरपालिका–२७ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने २ जनामा कोरोना पोजिटिभ देखिएपछि वडा कार्यालयले सम्पर्कमा आएका अन्य व्यक्तिलाई स्वाब परीक्षण गराउन सार्वजनिक सूचना जारी गरेको छ ।

भारत घर भई महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना पोजिटिभ देखिएको हो । वडाध्यक्ष चिनियाँमान वज्राचार्यले सूचना जारी गरी उनीहरूको संसर्गमा आएकालाई यथाशीघ्र स्वास्थ्य परीक्षण गर्न अनुरोध गरेका हुन् ।व्यवसायीहरुमा कोरोना देखिएपछि महाबौद्ध बजार आजदेखि बन्द भएको छ।

वडा कार्यालयले गणेश मन्दिरदेखि महाबौद्ध स्तुपसम्मका व्यवसायीको पीसीआर रिपोर्ट नआएसम्म सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्