१ जेष्ठ २०८२, बिहीबार

 

प्रहरी प्रवक्तामा कडायत

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी कुवेर कडायतलाई दिइएको छ। प्रहरी वरिष्ठ उपरीक्षक कडायतले बुधबारबाट प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्।
यसअघिका प्रवक्ता नीरज शाही अतिरिक्त महानिरीक्षकमा बढुवा भएपछि प्रधान कार्यालयले नयाँ प्रवक्ता तोकेको हो। प्रद्युम्न कार्की र शाहीले बुधबारदेखि नै एआईजीको दर्ज्यानी चिह्न लगाउँदै क्रमशः प्रहरी प्रशिक्षण प्रतिष्ठान र मानव स्रोत विभागमा पदबहाली गरेका छन्।
कडायत यसअघि प्रहरीको सहप्रवक्ताको जिम्मेवारीमा थिए। प्रहरी प्रवक्ता डीआईजी हुने भए पनि तीन डीआईजी रिक्त रहेकाले बढुवा नहुन्जेल कडायतले प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन्।

Chat Conversation End

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung