१ जेष्ठ २०८२, बिहीबार

 

महिला संघद्वारा पहिरोपीडितका लागि १ लाख ९८ हजार सहयोग संकलन

नेपाल महिला संघ बागलुङले ढोरपाटन र जिल्लाका अन्य बाढी र पहिरोपीडितका लागि १ लाख ९८ हजार रकम संकलन गरेको छ । संघको बुधबार बसेको जिल्ला कमिटीको बैठकले बाढी र पहिरोपीडितका लागि स्वतस्फुर्त रुपमा १ लाख ९८ हजार ६ सय ९५ रुपैयाँ संकलन कुरा सार्वजनिक गरेको हो ।

संघले सहयोग गर्ने विभिन्न व्यक्ति र संघ संस्थालाई धन्यवाद दिँदै संकलित रकम स्थानीय जनप्रतिनिधि, नेपाली कांग्रेसका भातृ एवं सुवेक्षुक संस्थाका प्रतिनिधिको रोहबरमा छिटो भन्दा छिटो पीडित समक्ष पु¥याउने निर्णय गरेको महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्माले जानकारी दिइन् ।

बैठकले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारीमा जुटिरहेको समयमा हाल पार्टीको क्रियाशिल सदस्यता वितरणमा महिलाको संख्या बढाउनका लागि पार्टीको वडा देखि माथिल्लो तहसम्म आग्रह गरेको छ । त्यस्तै पार्टीको जिल्ला समिति, प्रतिनिधि सभा क्षेत्रीय समिति, प्रदेश सभा क्षेत्रीय समिति, पालिकास्तरिय समिति र सबै वडा तहका पदाधिकारी चयन गर्दा हरेक निकायमा महिलाको उपस्थिति अनिवार्य गर्नुपर्ने माग गरेको छ ।

संघले पार्टीदेखि स्थानीय तहमा पनि प्रमुख वा उपप्रमुख अनिवार्य रुपमा महिलाको उपस्थिति हुनुपर्ने माग राखेको अध्यक्ष शर्माले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung